• २ असोज २०८३, शुक्रबार
  • ११ः०७ बिहान

एसइई सेन्टर पुगेका बिद्यार्थीलाई घर फर्कन निःशुल्क गाडी

प्रकाशित मिति

२०७६ चैत्र ६ गते, बिहीबार १०:३२

पाल्पा । अन्तिम समयमा एसइई परीक्षा स्थगित भएपछि लत्ता कपडा र किताव कापी सहित परीक्षा केन्द्र नजिक पुगिसकेका र परीक्षा स्थगित भएपछि घर फर्कन समस्यामा परेका बिद्यार्थीहरुलाई घरसम्म फर्कन पाल्पाका २ स्थानीय सरकारले निःशुल्क गाडी ब्यवस्था गरेका छन् ।

National Life

तानसेन नगरपालिकामा बिभिन्न स्थानबाट धेरै प्राविधिक बिषयका बिद्यर्थीहरु बुधवार दिउँसो तानसेन आएका थिए । उनीहरु तानसेन आउनासाथ एसइई परीक्षा तत्कालका लागि स्थगित गर्ने सरकारले निर्णय गरेको थियो ।तानसेन नगरपालिकाका मेयर अशोककुमार शाही तानसेन आइपुगेका सबै बिद्यार्थीहरुलाई नगरपालिकाले गाडीको ब्यवस्था गरि घर पठाउन सहयोग गर्ने बताए ।

उनले समूहमा बिद्यार्थीहरुलाई घर पठाउन सहयोग गरिने र त्यसका लागि सम्वन्धित बिद्यालयका प्रअहरुलाई नगरपालिकासित बिद्यार्थीहरुको समन्वय गराइदिन सहयोग गर्न अनुरोध गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

उता बगनासकाली गाउँपालिकाले पनि अप्ठेरामा परेका बिद्यार्थीहरुलाई घरसम्म गाउँपालिकाले नै पुर्याइदिने जनाएको छ । बिद्यालयका प्रअहरुले खवर गर्ना साथ गाडी पठाएर बिद्यार्थीहरुलाई घरसम्म पुर्याइने गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए । “आवश्यक भएमा तत्काल गाउँपालिकाकै गाडी समेत पठाएर बिद्यार्थीहरुलाई घरसम्म पुर्याइनेछ ।” उनले भने ।

प्रतिकृया