• ७ असोज २०८३, बुधबार
  • ४ः५२ बेलुका

ट्राफिक उज्यालो अभियानको उपलब्धी

प्रकाशित मिति

२०७६ चैत्र ४ गते, मंगलवार ०१:४७

काठमाडौँ, महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘समुदाय–प्रहरी साझेदारी’अन्तर्गत रहेर सडक प्रयोगकर्ता, पैदल यात्री, चालकरसहचालक, स्कुलरकलेजका विद्यार्थीहरूलाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न थालेको ३ महिने विशेष ट्राफिक उज्यालो अभियानमार्फत १ लाख २९ हजार ५१३ जनालाई सचेतना प्रदान गरेको छ ।

National Life

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले भन्नुभयो –“सडक प्रयोगकर्तालाई सडकमै गएर मात्र नभई घर–घरमा, स्कुल कलेजमा, खेल मैदान आदिमा गएर विभिन्न लक्षित वर्गलाई पायक पर्ने स्थानमा ट्राफिक नियम र सडक अनुशासनबारे छर्लङ्गै हुने गरि ुकोर्सु नै डिजाइन गरी ट्राफिक सचेतना प्रदान गरिएको छ ।” उनले भने ( ‘यस ३ महिने अभियानमा लक्ष्यभन्दा बढी १ लाख २९ हजार ५१३जनालाई प्रशिक्षित तुल्याएको छ जुनकि अभियानले १ लाख जनालाई प्रशिक्षण दिने लक्ष्य राखेको थियो ।’

प्रवक्ता श्रेष्ठका अनुसार यस ३ महिने अभियानमा सार्वजनिक भाडाका सवारी चालक र सहचालक १९ हजार ५६९ जना, नीजि सवारी चालक १ हजार ९५६ जना, मोटरसाइकल चालक २६ हजार ९२० जना, सिहदरवार स्थित विभिन्न मन्त्रालयका सरकारी चालक ६१२, नेपाली सेनाका चालकहरू ५७,पैदलयात्रीरसर्वसाधरण६२ हजार ८०१ जना, संघसंस्था १ हजार ८१७ जना र विद्यार्थी १५ हजार ७८१ जनालाई ट्राफिक नियम र सडक अनुशासनबारे प्रशिक्षित तुल्याएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

ठाउँको ठाउँ कक्षा
यस अभियानमार्फत दैनिक रूपमा महाशाखा र मातहतका ४० ईकाइबाट ट्राफिक नियम सम्बन्धि पर्चा पम्प्लेट, स्टिकर वितरण र श्रव्यदृष्य प्रदर्शनी गरी ट्राफिक नियमबारे सचेतना दिएको, सरकारी, सार्वजनिक भाडा र निजी क्षेत्रका चालकलाई पायक पर्ने ठाउँमा र स्कूलरकलेजका विद्यार्थीलाई विद्यालयमै गएर सचेतना कक्षा दिएको जानकारी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले दिनुभयो ।सचेतना कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे सिकाउनुका साथैलक्षित वर्गको माध्यमबाट घरघरमा सचेतनाको लागि पर्चा पम्पलेटसमेत वितरण गरेका उनले बताए ।

सडकमै कक्षा
अन्तर्गत पैदलयात्री सुरक्षा अभियान मार्फत रहेर १९ हजार ९९८जना जथाभावी बाटो काट्ने पैदलयात्रीलाई सोही स्थानमै २० मिनेटको सचेतना कक्षा प्रदान गरिएको छ । महाशाखाले पैदलयात्रीलाई आकाशेपुल र जेब्राक्रसिङको प्रयोग गर्न उपत्यकाको ३ स्थानमा नियमित रूपमा घोडा समेत परिचालन गर्ने गरेको छ ।

ट्राफिक नियम सचेतनाको लागि सारङ्गी टोली
ट्राफिक उज्यालो अभियान अन्तर्गत रहेरगीतसंगितको माध्यमबाट जेब्राक्रसिङ्ग र आकाशेपुलको प्रयोग, सडक संकेतको पालना, मा।प।से गरी सवारी नहाक्न, तिब्र गति र लापरबाहीका साथ सवारी नचलाउन अनुरोध गरी ट्राफिक नियमको पालना र प्रवृत्तिको विकासको लागि उपत्यकाको मुख्य(मुख्य चोकमा सारङ्गी टोली परिचालन गरी ७ हजार ७०० व्यक्तिलाई सचेतना प्रदान गरिएको महाशाखाले जनाएको छ ।

ट्राफिक नियम लेखिएको प्लेकार्ड देखाईयो
उपत्यकाको व्यस्त ४७ वटा चोकहरूमा ट्राफिक पालोमा बसेका चालकहरू तथा जेब्राक्रसिङ्गलाई लक्षित गरि ट्राफिक नियम लेखिएको व्यानर देखाउने काम समेत गरिएको छ ।

यस्तैगरी दैनिक रूपमा मापसे गरी सवारी चलाउने ९ हजार ५६९, लेन अनुशासन पालना नगर्ने चालकहरू ८ हजार २६९ र सवारी दुर्घटना गर्ने १०० जना गरी जम्मा १७ हजार ९३८ लाई पनि दैनिक रूपमामहाशाखालेसचेतना कक्षा समेत दिएको छ ।

थप उत्साहका साथ निरन्तरता

ट्राफिक सचेतना अवधारणालाई नागरिकसम्म पुर्‍याउन, सडक अनुशासनको विषयलाई संस्कारका रुपमा विकास गर्न, सडक प्रयोगकर्तासँगको सम्बन्ध, सहयोग र सहकार्य बढाउन, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन यो अभियान सफल भएको छ । यही थप उत्साहित हुदै फेरि पनि चैत्र १ गतेदेखि विशिष्टीकृत रूपमा यस अभियानलाई निरन्तरता दिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यस ३ महिने विशेष ट्राफिक उज्यालो अभियान यही पुस १ गते विशेष कार्यक्रम गरी शूरूभएको थियो ।

प्रतिकृया