• २३ भदौ २०८३, मंगलबार
  • १ः५१ राती

लुकाएर राखेको १० लाख थान मास्क बरामद

प्रकाशित मिति

२०७६ चैत्र ३ गते, सोमबार १०:४५

काठमाडौं । प्रहरीले चन्द्रागिरी नगरपालिका–१० संतुङगलको एउटा गोदाममा छापा मारेर १० लाख थान मास्क बरामद गरेको छ ।

National Life

महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले सोमबार बिहान आरडीजी इन्टरनेशनल सप्लायर्समा छापा मारेको हो । बजारमा मास्कको कृतिम अभाव भइरहेका बेला आरडीजीका संचालक सुवास महेश्वरी र सुरज गोयलले कालो बजारीका लागि गोदाममा मास्क थन्काएर राखेको प्रहरीले जनाएको छ ।

परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले करिब १० लाख थान मास्क बरामद भएको बताए । उनले दुईजना चालकसहित ६ वटा ट्रक नियन्त्रणमा लिएको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

डीएसपी बोगटीले भने “ दुई चालकसहित मुख्य संचालक ४ जनालाई पक्राउ गरेका छौं ।”

उनले थप अनुसन्धान भइरहेको बताए ।

प्रतिकृया