जेलमा फुटबल खेल्दै रोनाल्डिन्हो, पुरस्कार स्वरुप १६ किलोे सुँगुरको मासु
प्रकाशित मिति
२०७६ चैत्र २ गते, आईतवार ११:४३
एजेन्सी । पराग्वेमा हिरासतमा रहेका ब्राजिलका फुटबलर रोनाल्डिन्होले जेलमा हुने एक फुटबल प्रतियोगितामा उनको टिमले ११-२ ले जितेको छ । उक्त खेलमा रोनाल्डिन्होले ५ गोल गरेका छन् । रोनाल्डिन्होले बाँकी ६ गोल असिस्ट समेत गरेका थिए ।
नक्कली पासपोर्ट प्रकरणमा हिरासतमा रहेका रोनाल्डिन्होले सो प्रतियोगिता जितेसँगै १६ किलोको विशेष प्रकारको सुँगुरको मासु पुरस्कार पाएका छन् ।
ब्राजिललाई २००२ मा विश्वकप जिताएका ३९ बर्षिय रोनाल्डिन्हो जेलमा रहदा पनि फुटबल खेल्न नछोडेको भन्दै पराग्वेमा चर्चाको विषय बनेको छ ।
आफ्ना दाजुसँग केहि साता अघि पराग्वेमा नक्कली पासपोर्ट प्रकरणमा हिरासतमा रहेका रहेका रोनाल्डिन्होले आफु नक्कली पासपोर्टमा यात्रा गरेको जानकारी नभएको अदालतमा बताएपनि अदालतले भने उनको सो दलिल अस्विकार गरेको छ । अदालतले उनी नक्कली पासपोर्टमा यात्रा गर्दै छन् भन्ने उनलाई थाहा छैन भने उनी मुर्ख हुन भनेको छ ।
जेलमा रहेका रोनाल्डिन्होको अहिले महामारी बनेको कोरोनाको समेत टेस्ट गरिएको बताइएको छ ।





प्रतिकृया