• २३ भदौ २०८३, मंगलबार
  • १ः५० राती

कोरोना भाइरसका कारण ५० हजार बेरोगजार हुने खतरा

प्रकाशित मिति

२०७६ चैत्र २ गते, आईतवार ११:०४

काठमाडौं । कोरोना भाइरसको कारण देखाएर सरकारले श्रम स्वीकृति बन्द गर्दा करिब ५० हजार बेरोजगार हुने खतरा देखिएको छ।

National Life

वैदेशिक रोजगारीमा जान तयारी अवस्थामा रहेका युवा गन्तव्यमा पुग्न नपाउँदै शुक्रबारदेखि वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिमा रोक लगाएको छ। सरकारको यस्तो निर्णयले पहिलोपटक वैदेशिक रोजगारीमा जान खोज्नेलाई खासै समस्या नपरे पनि बिदामा आएका र भिसा लिइसकेकालाई समस्या पर्ने देखिएको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ।

‘सरकारले सरोकारवाला निकायसँग छलफलै नगरी श्रम स्वीकृति रोक्दा भिसा प्राप्त गरिसकेका करिब ५० हजारलाई समस्या पर्ने देखिन्छ,’ संघका महासचिव सुजितकुमार श्रेष्ठले भने, ‘त्यस्तै कतिपय गन्तव्य मुलुकबाट त्यस निर्णयप्रति ब्याक फायर हुन्छ कि भन्ने खतरा छ।’ विभिन्न गन्तव्य मुलुकबाट भिसा लिइसकेपछि तीन महिनाभित्र सम्बन्धित देशमा पुगिसक्नुपर्ने कानुनी प्रावधान छ।

Classic Tech Mobile
Classic Tech Desktop

भिसा लिएको तीन महिनाभित्र गन्तव्य मुलुकमा पुग्न नसक्नेलाई सम्बन्धित मुलुकले कालोसूचीमा राख्ने गर्छन्। ‘आप्रवासी कामदारलाई प्रवेशमा रोक लगाएका मुलुकले त भिसा अवधि सकिएपछि कालोसूचीमा नराख्लान्,’ संघका महासचिव श्रेष्ठले भने, ‘तर अहिलेसम्म धेरै गन्तव्य मुलुकले नेपाली श्रमिकलाई प्रवेशमा रोक लगाइसकेका छैनन्।’

प्रतिकृया