• २३ भदौ २०८३, मंगलबार
  • १ः५१ राती

घुस नपाएपछि दिनभर इन्धन आपूर्ति ठप्प

प्रकाशित मिति

२०७६ चैत्र २ गते, आईतवार ०७:२०

काठमाडौं । घुस नपाएपछि इन्डियन आयल कर्पोरेशन (आइओसी) का प्रतिनिधिले बिहीबार दिनभर नेपालतर्फ आउने तेल ट्यांकर दिनभर आइसीपी (एकीकृत जाँच चौकी) मै रोकिदिएका छन्।

National Life

तेल भरेर नेपालतर्फ आएका ६९ वटा ट्यांकरलाई आइओसीका प्रतिनिधिले रकम नपाएपछि जाँचपास नै रोकिदिएका हुन्। भारतले जेपी सिंहलाई आधिकारिक प्रतिनिधि नियुक्त गरेर आइसीपी नाकामा पठाएको थियो। उनै सिंहले नेपालतर्फ तेल बोकेर आउने ट्यांकरबाट शुरुमा डेढ सय र अहिले सात सय भारतीय रुपैयाँसम्म असुलिरहेको पाइएको छ।

नेपाली ट्यांकर चालकहरुबाट रकम उठाउन सिंहले केही स्थानीयलाई समेत परिचालन गर्ने गरेको चालक र इन्धन व्यवसायीहरुले बताएका छन्। अवैध रकम असुल्ने कार्यलाई रोक्नुको साटो आइओसीका प्रतिनिधिहरुले प्रतिट्यांकर छ देखि सात सय भारुसम्म असुलिरहेको र यसरी रकम असुल्नु आफ्नो अधिकार भएको बताउने गरेका छन्। भारतीय पक्षले इन्धन रोकेपछि यसबारे छलफल गर्न वीरगञ्जस्थित कार्यालयमा यसबारे छलफल गर्न बसेको बैठकमा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका पदाधिकारीले भारतीय पक्षलाई अवैध रकम दिन तयार नरहेको र यो समस्या नेपाल आयल निगमले नै समाधान गरिदिन आग्रह गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

यतिखेर वीरगञ्ज नाकाबाट दैनिक ७० वटा तेल ट्यांकर नेपाल भित्रने गर्छन्। यसहिसाबले नेपालतर्फ तेल बोकेर आउने ट्यांकरबाट आइओसीका प्रतिनिधिहरुले दैनिक ७०० का दरले दैनिक ७८ हजार चार सय रुपैयाँ, मासिक २३ लाख ५२ हजार रुपैयाँ र बार्षिक दुई करोड ८२ लाख रुपैयाँ असुल्ने गरेको खुलेको नागरिक दैनिकमा खबर छ।

यो हिसाब त बरौनीबाट नेपाल भित्रने ट्यांकरबाट असुल्ने हिसाब मात्र हो। रक्सौल डिपोबाट आउने दैनिक १५० भन्दा बढी ट्यांकरबाट असुल्ने रकम र अनावश्यक खर्चसमेत गर्दा इन्डियन आयल कर्पोरेशनका अधिकारीहरुले पर्साबाट नेपालतर्फ आउने तेल ट्यांकरबाट मात्रै बार्षिक १४ करोड रुपैयाँ अवैध दोहोन गरिरहेका छन्।

प्रतिकृया