• ५ असोज २०८३, सोमबार
  • ३ः१५ दिउँसो

‘यूएस बङ्गला’ विमान दुर्घटनाको दुई वर्ष, अझै ओभाएनन् आफन्तका आँखा

प्रकाशित मिति

२०७६ फाल्गुन २९ गते, बिहीबार ०८:०७

काठमान्डौँ । दुई वर्षअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको ‘यूएस बङ्गला’ विमान दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा आज माइतीघर मण्डलमा दीप प्रज्वलन गरिएको छ।

National Life

दुई वर्षअघि बङ्गालदेशको ढाकाबाट काठमाडौं आउँदै गरेको ‘यूएस बङ्गला’ विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ५१ जनाको मृत्यु भयो।

२८ फागुन २०७४ मा भएको उक्त दुर्घटनामा मृत्यु हुनेमध्ये बङ्गालदेशमा अध्ययन गरेर फर्किएका नेपाली विद्यार्थीहरू थिए।  विमानको क्याप्टेन भावनात्मक रूपमा विक्षिप्त हुँदा विमान दुर्घटनामा परेको छानविनको क्रममा पत्ता लागेको अन्तराष्ट्रिय समाचार संस्था एएफपीले समाचार लेखेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

क्याप्टेनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा ल्याण्डिङको लागि दिएको आदेश नबुझ्दा विमानस्थल नजिकै विमान दुर्घटनामा परेको थियो।

उक्त दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा आज माइतीघर मण्डलमा दीप प्रज्वलन गरिएको छ। मृतकहरूको फोटो राखेर दीप प्रज्ज्वलन गरिएको उक्त कार्यक्रममा सहभागीहरू आफ्ना आफन्तको सम्झनामा भावुक भए।

प्रतिकृया