• ४ असोज २०८३, आइतबार
  • ९ः४२ राती

कोरोनाभाइरस त्रास : ’सांसदले प्रश्न उठाएपछि एक साताका लागि संसद् स्थगित’

प्रकाशित मिति

२०७६ फाल्गुन २९ गते, बिहीबार ०८:२८

काठमान्डौँ । कोरोनाभाइरस सङ्क्रमण रोकथामका लागि पर्याप्त पहल सरकारले नगरेको भन्दै विभिन्न दलका सांसदहरूले आफ्नो धारणा राखिरहेका बेला सभामुख अग्नी सापकोटाले संसद् बैठक एक साताका लागि स्थगित गर्ने बताएका छन्।

National Life

सरकारले भीडभाड हुने कुनै कार्यक्रम वा भोजमा सहभागी नहुन आग्रह गरिरहेका बेला संसद्को बैठक पनि एक साताका लागि स्थगित भएको हो। नेपालमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि आवश्यक कदम नचालिएको भन्दै प्रतिनिधिसभाको बिहीवारको बैठकमा सांसदहरूले सरकारको चर्को आलोचना गरेका थिए।

एक सातापछि अवस्था हेरेर थप निर्णय
बैठकको शून्य र विशेष समयमा बोल्दै सांसदहरूले ’अन्य देशहरूले कोरोनाभाइरससँग जुझ्न अपनाएको जस्तो पूर्वसतर्कता नेपालले अपनाउन नसकेको’ आरोप लगाए।

Classic Tech Mobile
Classic Tech Desktop

सांसदहरूबाट आएकै सुझावका आधारमा संसद् बैठक स्थगित गर्ने निर्णय आफूले गरेको सभामुख सापकोटाले बताए। “प्रतिनिधिसभाका सदस्यहरूले केही समय स्थगित गर्न राम्रो हुन्छ भनेर आज सुझाव दिनुभएको थियो। सबैतिरबाट यस्तै सुझाव आइरहेको थियो। विश्वव्यापी रुपमा पनि यो महामारीकै रुपमा आएको हुनाले चैत ७ गतेसम्म स्थगित गरेका छौँ।“ एक सातापछि अवस्था हेरेर थप निर्णय गरिने उनले बताए।

६ जनालाई एक्लै राखेर जाँच गरिदैँ
बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अहिलेसम्म नेपालमा ४५० वटा कोरोनाभाइरसको परीक्षण गरिएकोमा एकजनामा मात्रै सङ्क्रमण देखिएको जनाइएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार ६ जनालाई अलग्गै आइसोलेसन वार्डमा राखिएको छ।

उक्त पत्रकार सम्मेलनमा सरकारले प्रस्तुत गरेको रणनीतिमा प्रभावित देशमा नेपालबाट हुने उडानहरू रोक्नेदेखि लिएर कुनै क्षेत्र प्रभावित भएमा त्यसलाई बन्द गर्न सकिने समेत उल्लेख छ।

प्रतिकृया