महालक्ष्मी नगरपालिकाको सातौं नगर सभा सम्पन्न
प्रकाशित मिति
२०७६ फाल्गुन २८ गते, बुधबार ०६:००
ललितपुर, महालक्ष्मी नगरपालिकाको सातौं नगर सभा सम्पन्न भएको छ । आज नगरपालिका वडा नं १को कार्यालयस्थित सभाहलमा सम्पन्न भएको हो ।
नगर प्रमुख रामेश्वर श्रेष्ठको अध्यक्षता भएको नगर सभामा पेस भएका महालक्ष्मी नगरपालिकाको स्वास्थ्य विधेयक २०७६, महालक्ष्मी नगरपालिकाको मानव मलमुत्रीय फोहोर व्यवस्थापन विनियम २०७६ र महालक्ष्मी नगरपालिकाको कर्मचारी प्रोत्साहन मापदण्ड २०७६ सर्वसम्बत रुपमा पारित गरिएको छ।
साथै, महालक्ष्मी नगरपालिकाको छैटौं नगरसभाबाट स्वीकृत बजेटको सिमा भित्र रहेका ६०–४० अन्तर्गतका योजनाहरु र उक्त नगरसभाबाट स्वीकृत भएका केही योजनाहरु संशोधन गरी कार्यान्वयन भएका योजनाहरु अनुमोदन सम्बन्धी प्रस्ताव पेश भई सर्वसम्बत रुपमा पारित गरिएको छ। नगरपालिकाको मुख्य प्रशासकीय भवन निर्माण र १ नं वडामा बहुउद्धेश्यीय भवन निर्माण गर्ने समबन्धी प्रस्ताव पेश भई सर्वसम्बत रुपमा पारित गरिएको छ।
कार्यक्रममा प्रदेस मामिला समितिका सभापति एवं प्रदेश सभा सदस्य माधव प्रसाद पौडेल , प्रतिनिधि सभा सदस्य कृष्णलाल महर्जन, प्रतिनिधि, समाजसेवी, बुद्धिजिवी, स्थानीयकासीलगायतको उपस्थिति रहेको थियो ।






प्रतिकृया