• १० असोज २०८३, शनिबार
  • १२ः०४ राती

कृषि मन्त्रालयका पाँच निकायमा पदाधिकारी नियुक्त

प्रकाशित मिति

२०७६ फाल्गुन २८ गते, बुधबार ०६:३४

काठमाडौं, कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले मन्त्रालय माताहतका पाँच निकायका पदाधिकारी नियुक्त गरेका छन् । दुग्ध विकास संस्थान, राष्ट्रिय दुग्ध विकास बोर्ड, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, कृषि सामग्री कम्पनी लिमिटेड र कपास विकास समितिमा बुधबार अध्यक्ष, उपाध्यक्ष लगाययतका पदाधिकारी नियुक्त भएका हुन् ।

National Life

दुग्ध विकास संस्थान (डीडीसी) को महाप्रबन्धकमा रुद्रप्रसाद पौडेल, राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा डा. राजेन्द्रप्रसाद यादव नियुक्त भएका छन् ।राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशकमा डा. विष्णुप्रसाद भट्टराई तथा उपाध्यक्षमा गोपालप्रसाद पोखरेल नियुक्त भएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडको महाप्रबन्धकमा नेत्रबहादुर भण्डारी र अध्यक्षमा शशीराज तुलाधर नियुक्त भएका छन् भने कपास विकास समितिको अध्यक्षमा रुद्रहरि ज्ञवाली नियुक्त भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया