• ७ असोज २०८३, बुधबार
  • ९ः३६ बिहान

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समिक्षा डिस्चार्ज

प्रकाशित मिति

२०७६ फाल्गुन २८ गते, बुधबार ०५:२८

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिने समिक्षा संग्रौला डिस्चार्ज भएकी छन् । उनी बुधबार शिक्षण अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनी प्रधानमन्त्रीलाई मिर्गौला दिन फागुन १९ गते अस्पताल भर्ना भएकी थिइन् ।

National Life

शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले भने, ‘प्रधानमन्त्रीकी मिर्गौलादाता उहाँकी भान्जी समिक्षा संग्रौलालाई डिस्चार्ज दिएका छौँ ।’

उनले सर्जनले सहमति जनाए प्रधानमन्त्री पनि आजै डिस्चार्ज हुनसक्ने जानकारी दिएका छन् । उनले भने, ‘सर्जनले रिपोर्ट हेरेर स्वीकृती दिए प्रधानमन्त्रीको पनि आज नै डिस्चार्ज हुनसक्छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया