• ९ असोज २०८३, शुक्रबार
  • २ः४० दिउँसो

गृहसचिव न्यौपानेले गरे प्रहरी अस्पतालको निरीक्षण

प्रकाशित मिति

२०७६ फाल्गुन २८ गते, बुधबार ०३:१९

काठमाडौं, गृहसचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी अस्पताल महाराजगंज बुधबार निरीक्षण गर्नु भएको छ । निरक्षण कार्यक्रममा सम्बोधन गर्दै स्वास्थ्यकर्मीको सेवा प्रवाह गर्ने शैली र व्यवहारले अस्पतालको गुणस्तरीयता देखाउने भएकोले यसप्रति स्वास्थ्यकर्मीहरु सचेत हुन निर्देशन दिनुभयो ।

National Life

कार्यक्रममा गृहसचिव न्यौपानेले अस्पतालको भौतिक सुविधा बढाई थप गुणस्तरिय सेवा प्रवाह गर्न सक्ने बनाउन मन्त्रलायको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

सो अवसरमा गृहसचिव न्यौपानेले नेपाल प्रहरी अस्पातलस्थित रेडियोलोजी विभाग, मेडिकल वार्ड, पोष्टअप, डेण्टल विभाग, अर्थो वार्ड, स्त्री तथा प्रसुति वार्ड, सर्जिकल वार्ड, भिआईपी डिलक्स, पथ्य विभाग, विभिन्न ओपिडीहरु, ईमरजेन्सी, प्याथोलोजी, हेमोडायलासिस, आईसियु, प्रस्तावित कोरोना भाईरस क्वारेन्टाइन वार्ड, आइसोलेशन वार्ड, निर्माणाधिन रहेका गायनो, बाल वार्ड, महिला ब्यारेक र पार्किङको निरीक्षण गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरी अस्पताल सबै प्रहरी कर्मचारी र नागरिक समेतको आशाको केन्द्र भएकोले यसबाट प्रवाह गर्ने सेवामा कुनै पनि विभेद गर्न नहुने समेत चर्चा गर्नुभयो ।

अस्पताल भन्नासाथ सरसफाई महत्वपूर्ण विषय भएकोले अस्पतालका हरेक स्थानहरुमा सरसफाईमा विशेष ध्यान दिनुपर्ने र अस्पतालमा ल्याबको गुणस्तरीयता बढाउने, बेड संख्या थप गर्ने, नर्सिङ कलेजको संचालन लगायतका कार्यका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने गृहसचिव न्यौपानेले उल्लेख गर्नुभयो ।

प्रतिकृया