• ९ असोज २०८३, शुक्रबार
  • ३ः१४ दिउँसो

कोरोना भाइरसबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

प्रकाशित मिति

२०७६ फाल्गुन २८ गते, बुधबार ०२:५२

काठमाडौं, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसको बढ्दो संक्रमणबारे सर्वदलीय बैंठक राख्नु भएको छ । कोरोना भाइरसको रोकथाममा सरकारको तयारी कमजोर रहेको भन्दै आलोचना भइरहेका बेला पोखरेलले सर्वदलीय बैठक राख्नु भएको हो । बुधबार दिउसो तीन बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बस्दैछ।

National Life

कोरोना भाइरस भित्रिन नदिन अपनाउनुपर्ने सजगता नअपनाएको, भित्रिएमा हुनसक्ने जोखिमको तयारी नगरेको, स्वास्थ्य क्षेत्रलाई तयारी अवस्थामा नराखेको भन्दै सरकारको आलोचना आलोचना बढेपछि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न गठित उच्च स्तरीय समन्वय समितिका संयोजकसमेत रहेका पोखरेलले बैठक राखेका हुन्।

प्रतिकृया