• ३१ भदौ २०८३, बुधबार
  • ९ः१२ राती

काठमाडौंमा होली शान्तिपूर्ण छ : नेपाल प्रहरी

प्रकाशित मिति

२०७६ फाल्गुन २६ गते, सोमबार ०१:२२

काठमाडौं, विगतका दिनमा भन्दा आज (सोमबार) परेको फागुपूर्णिमा अर्थात होली शान्तिपूर्ण देखिएको छ । विगतका वर्षहरुमा जबरजस्ती लोला हान्ने र रंग दल्ने पक्राउ गरेर कारबाही गर्ने प्रहरीले यो पटक अहिलेसम्म कोहीपनि कारबाहीमा नपरेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।

National Life

गत डिसेम्बर चीनको वुहान प्रान्तबाट विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण यसवर्षको होली पर्व पनि प्रभावित भएको छ । कोरोनाको त्रासका कारण विगतमा जत्ति होलीको उल्लास छैन । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीका अनुसार कोरोनाका कारण आज चहलपहल कम दखिएको हो । अहिलेसम्म काठमाडौंको सुरक्षा अवस्था शान्तिपूर्ण छ ।

हिजो (बुधबार) जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले काठमाडौंमा भिड जम्मा भएर होली खेल्न निषेध गर्ने निर्णय गरेको थियो । साथै, प्रशासनले सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रमका लागि पनि अनिश्चिकालसम्मका लागि स्वीकृति नदिने निर्णय गरेको थियो । यही निर्णयका कारण पनि काठमाडौंमा सर्वसाधारणको चाप न्यून देखिएको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया