नगरपालिकाको निर्देशन, वडा कार्यालयलले उल्लङ्घन
प्रकाशित मिति
२०७६ फाल्गुन २५ गते, आईतवार ०१:४१
भक्तपुर, नगरपालिकाको निर्देशन वडा कार्यालयले उल्लङ्घन गरेको छ । सुर्यविनायक नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नकालागि नगरभित्र कुनै किसिमको सभा, सम्मेलन जस्ता कार्यक्रम नगर्न दिएको निर्देशनलाई उल्लङघन गर्दै वडा नं. ७ गूण्डूले कार्यक्रम आयोजना गरी निर्देशनको उल्लङघन गरेको हो ।
विश्वभर फैलिएको कोभिड–१९ को संक्रमणबाट बच्नकालागि नगपालिकाले नगरभित्र साना परिवारीक भेटघाट बाहेक जात्रा पर्व, महोत्सव, सभा सम्मेलन जस्ता कार्यक्रमहरु नगर्न र सहभागी नहुन निर्देशन दिदै यहि फागुन २२ गते सूचना प्रकाशित गरेको थियो । नगरपालिकाबाट निर्देशित सूचना प्रकाशित भएको अर्को दिन अर्थात फागुन २३ गते ७ नं। वडा कार्यालयले गुण्डूस्थित छेडा पिपलबोटमा खेल मैदान शिल्यान्यास कार्यक्रम आयोजना गरेको थियो ।
यस विषयमा ७ नं. वडा कार्यलायका वडा अध्यक्ष राविन्द्र सापकोटालाई सम्पर्क गर्दा कार्यक्रम पुर्व निर्धारित भएको र नगर प्रमुख बासुदेव थापासंग स्विकृति लिएर संक्षिप्तमा कार्यक्रम सम्पन्न गरेको बताउनुभयो ।
यसरी नगरपालिकको निर्देशन उल्लङ्घन गर्दै वडा कार्यालयले कार्यक्रम आयोजना गर्दा नगरपालिकाको कामकारबाही प्रभाव पर्ने भन्दै स्थानियबासीले चिन्ता प्रकट गरेका छन् ।
नगरपालिकाको सूचना

वडा कार्यालयको सूचना

तस्विर–वडा अध्यक्ष राविन्द्र सापकोटा, सामाजिक सञ्जालबाट






प्रतिकृया