• २७ भदौ २०८३, शनिबार
  • ७ः५१ बेलुका

भीमफेदी–कुलेखानी सुरुङमार्गको अध्ययन अन्तिम चरणमा

प्रकाशित मिति

२०७६ फाल्गुन २४ गते, शनिबार १०:२६

हेटौडा । वाग्मती प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको अध्ययन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सुरुङ निर्माणका लागि गर्नुपर्ने विभिन्न पाँचवटा सर्वे लगभग सकिएको इन्जिनीयरिङ भूगर्भशास्त्री ईश्वर दाहालले जानकारी दिए ।

National Life

भूगर्भीय हिसाबमा सुरुङ निर्माणका लागि उक्त क्षेत्र अत्यन्त उपयुक्त रहेको पाइएको उनको भनाइ छ । अध्ययनका क्रममा विभिन्न स्थानबाट जमीनको ५० मिटरभित्रसम्म छेडेर त्यहाँको माटो तथा ढुङ्गाहरु निकालेर त्यसको अध्ययन गरिएको भूगर्भशास्त्री दाहालले जानकारी दिए ।
मार्गको निर्माणमा आफूहरु हरतरहले लागेको र तोकिएको समय सीमाभित्र नै बोलपत्र आह्वान गरिने यातायात पूर्वाधार महाशाखा प्रमुख सहदेव भण्डारी बताएका छन । उनका अनुसार हाल सुरुङमार्गको सर्वे र डिजाइनका लागि ४५ जना प्राविधिकले अहोरात्र काम गरिरहेका छन् ।

हाल डिजाइनमा १०, माटो परीक्षणमा २०, टोपोग्राफी, जियोफिजिकल र ड्रोन सर्वेका लागि पाँच–पाँच गरी कूल ४५ जना प्राविधिक निर्माणस्थलमा खटिएको उनले बताए । अध्ययनमा खटिएका कतिपय प्राविधिकले टेन्ट गाडेर सोही स्थानमा बास बसेर भए पनि छिटोछिटो काम गरिरहेको उनको भनाइ छ ।

Classic Tech Mobile
Classic Tech Desktop

मार्गको टोपोग्राफी सर्वे, ड्रोन सर्वे, भूगर्भीय नक्साङ्कनलगायत सर्वेका चरणहरु गरिएको र केही दिनमा प्रतिवेदन आउने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । वैशाखको पहिलो हप्तासम्म विस्तृत अध्ययन प्रतिवेदन तयार पारेर वैशाख महिनाभित्र बोलपत्र आह्वान गरिसक्ने मन्त्रालयले जनाएको छ ।

प्रतिकृया