• २७ भदौ २०८३, शनिबार
  • १०ः२१ बिहान

दम्पती हत्या प्रकरणको रहस्य खुलेन, प्रहरी भन्छ; ‘अनुसन्धान गरिरहेका छौँ, दोषी पत्ता लगाउँछौँ’

प्रकाशित मिति

२०७६ फाल्गुन २४ गते, शनिबार ०८:१४

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ का भण्डारी दम्पत्तीको शव फेला परेको १० दिन बितिसक्दा समेत अहिलेसम्म पनि घटनाको रहस्य खुल्न सकेको छैन्। फागुन १४ गते राती जयलाल भण्डारी र उकी श्रीमती धना भण्डारीको कलुवापुर स्थित आफ्नै निवासमा धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गरिएको थियो।

National Life

पोष्टमार्टम पछि परिवारले शव बुझेर दाहसंस्कार गरेपनि घटनाको रहस्य भने अहिले सम्म प्रहरीले खुलाउन नसकेको हो। ‘घटना भएको एकसाता भन्दा बढी बितिसक्यो,’ मृतकका भाइ बिक्रम भण्डारीले भने, ‘मेरा दाजुभाउजूको हत्या कसले ग¥यो, किन ग¥यो भन्ने कुरा बाहिर आउन सकेको छैन्। प्रहरीले अनुसन्धान गरिरहेका छौँ, दोषी पत्ता लगाउँछौँ मात्र भन्छ, तर हत्याको रहस्य नखुल्दा झनै पीडा थपिएको छ।’
पोष्टमर्टम रिपोर्ट अनुसार भण्डारी दम्पतीकोे हत्या नै भएको पुष्टी भईसकेको छ। प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक मुकन्द मरासिनीले घटनाको गम्भीरताका साथ अनुसन्धान भईरहेको बताए।अधिकारकर्मी शारदा चन्दका अनुसार निर्मला काण्डदेखि झलारीका भण्डारी दम्पत्तीकाण्डका दोषीलाई सार्वजनिक गरिनुपर्नेे माग अघि सारेर ध्यानाकर्षण पत्र बुझाईएको छ। आमाबुवाको मृत्युपछि जीवितै भेटिएकी सात महिने शिशुको स्वास्थ्य अवस्थामा भने अहिले सुधार भईरहेको छ। शिशुको धनगढी स्थित माया मेट्रो अस्पतालमा आईसीयुमा राखेर उपचार भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया