आफूभन्दा जुनियर आईजी भएपछि डिआईजी सुब्बाले दिए राजीनामा
प्रकाशित मिति
२०७६ फाल्गुन २४ गते, शनिबार ०७:३२
काठमाडौं । नेपाल प्रहरीमा आफूभन्दा जुनियर आईजी भएपछि डिजाईजी डा. राजीव सुब्बाले राजीनामा दिएका छन् । नेपाल प्रहरीका प्राविधिक तर्फका डिआईजी सुब्बाले शुक्रबार प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका हुन् ।
प्रहरी सेवामा चार वर्षदेखि डिआईजी भएर पद सम्हाल्दै आएका सुब्बा २५ वर्षअघिदेखि प्रहरी सेवामा छन् । उनी प्राविधिकतर्फको डिआईजी भएको र प्राविधिक तर्फ एआईजी दरबन्दी नहुँदा उनीभन्दा जुनियर अधिकारी एआईजी, आइजी हुँदा पनि संगठन र गृह मन्त्रालयले प्राविधिकतर्फ एआइजीको दरबन्दी नबनाएको भन्दै संगठनमा असन्तुष्टि थियो ।
उनीभन्दा जुनियर ठाकुर ज्ञवाली, सर्वेन्द्र खनाल आईजी भइसकेका छन् । उनीभन्दा जुनियर पुष्कर कार्की पनि एआइजी भए । हस्पिटलमा उनीभन्दा जुनियर आशा सिंह एआइजी भएकी छन् । नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउन ठूलो योगदान दिएका सुब्बाको राजीनामा गृहमन्त्रालयले स्वीकृत गरेको छैन ।






प्रतिकृया