• ७ असोज २०८३, बुधबार
  • ८ः१८ बिहान

इरानद्दारा भारतको कडा आलोचना :”विश्वभरका मुसलमानको दिल दुखायौ”

प्रकाशित मिति

२०७६ फाल्गुन २३ गते, शुक्रबार १०:२२

एजेन्सी । इरानका सर्वोच्च नेता आतुल्लाह खामेनीले दिल्ली हिंसाका विषयलाई लिएर भारतको कडा आलोचना गरेका छन् । दिल्लीको उत्तरपूर्वी जिल्लामा २४ देखि २६ फेब्रुअरीमा भएको हिंसामा परेर करिब ५० जना मारिएका थिए भने २ सयभन्दा बढी घाइते भएका थिए । उक्त हिंसामा मारिनेमा सबैभन्दा बढी मुसलमान समुदायका मानिसहरु थिए ।

National Life

इरानका सर्वोच्च धार्मिक नेता खामेनीले बिहीबार ट्वीट गर्दै भारतमा मुसलमान समुदायमाथि दमन भैरहेको र विश्वभरका मुश्लिमहरु यसमा निकै दुःखित रहेको बताएका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘भारतमा भएको मुसलमानमाथिको नरसंहारबाट दुनियाँभरका मुसलमानहरुको दिल दुखेको छ ।’ उनले ट्वीटमा लेखेका छन्, ‘भारत सरकारले कट्टरपन्थी हिन्दु पार्टीहरुलाई रोक्नुपर्छ र भारतले इस्लामिक संसारबाट अलग थलग नहुनका लागि मुस्लिमहरुको नरसंहार रोक्नुपर्छ ।’ खामेनीले ट्वीटको अन्तिममा ‘भारतीय मुसलमान खतरामा’ भनेर लेखेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

सर्वोच्च नेता खामेनीको यो टिप्पणीप्रति भारतले केही प्रतिक्रिया जनाइसकेको छैन । केही दिन पहिले मात्र इरानका विदेशमन्त्री जवाद जरिफले भने दिल्ली हिंसाका सवालमा कडा प्रतिक्रिया दिएका थिए । उनले ट्वीट गर्दै भनेका थिए, भारतमा मुसलमानहरु विरुद्धको प्रायोजित हिंसाको इरान निन्दा गर्दछ । शताब्दीऔदेखि इरान र भारत मित्र राष्ट्र हुन् । म भारत सरकारसँग सबै नागरिकलाई सुरक्षा प्रदान गर्न आग्रह गर्दछु ।’ पाकिस्तानले भने इरानका नेताहरुको यस भनाईको स्वागत गरेको छ ।

यसअघि इरानका विदेशमन्त्रीले गरेको टिप्पणीप्रति सहमति जनाएको पाकिस्तानले सर्वोच्च नेता खामेनीको भनाइप्रति पनि सहमति जनाएको छ । पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरेशीले उक्त प्रतिक्रियाको प्रशंसा गर्दै स्वागत गरेका छन् । तर भारतले भने यसअघि इरानका विदेशमन्त्रीले दिएको अभिव्यक्तिप्रति भने आपत्ति जनाएको थियो ।

प्रतिकृया