• ८ असोज २०८३, बिहीबार
  • ३ः०५ दिउँसो

दर्जनौ डिआइजी दरबन्दी कटौतीको तयारी, आइजीपी ज्ञवाली तनावमा

प्रकाशित मिति

२०७६ फाल्गुन २३ गते, शुक्रबार १२:५०

काठमाडौं। नेपाल प्रहरीमा डिआइजीको दरबन्दी कटौतीको हुने भएको छ । ३४ मध्य एक दर्जन डिआइजी दरबन्दी घटाउने सम्भावना रहेको छ । हाल दुई दर्जन डिआइजीको दरबन्दी रिक्त छ ।

National Life

नेपाल प्रहरीमा तीन एआइजीको दरबन्दीमा राखिएको छ भने डिआइजीका दरबन्दी पुरानै छ । विगतका दिनमा एआइजी दरबन्दी घटाउँदा राज्य खर्च पनि घटेको तथ्य रहेको छ । डिआइजीमा बढुवा हुन पर्ने एसएसपीहरु दरबन्दी कटौती प्रक्रियाले तनाबमा देखिएको छ । आइजीपी ठाकुरप्रसाद ज्ञवालीले दरबन्दी घटाउन नदिने बताएका छन् ।

यसअघिका आइजीपी सर्वेन्द्र खनालका ब्याची तीन एआइजी र १८ डिआइजीले एकैपटक अवकाश पाएपछिको अवस्थामा २२ पद खाली रहेको छ । ज्ञवाली डिआइजीबाट सिधै आइजीपी बने । तीन डिआइजीको एआइजीमा बढुवा सिफारिश भइसकेको छ । महेशविक्रम शाह तीन महिना अघि नै अवकाश पाइसकेका छन् । विशेष पद सृजना गरेर राजेन्द्रमोहन श्रेष्ठको डिआइजी बढुवा भएको थियो । उनी पनि अवकाश पाएपछि उक्त दरबन्दी स्वतः खारेज भएको छ । हाल प्रहरीमा १२ डिआइजी छन् । उनीहरुमध्ये हालका आइजीपी ज्ञवाली र एआइजीमा सिफारिश भएका शैलेश थापा र हरि पालका ब्याची छन् । विश्वराज पोखरेल एकजनामात्र जुनियर ब्याचका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

सिनियर ब्याचबाटै १६ जना एसएसपीहरु प्रतिस्पर्धामा छन् । अब डिआइजी बढुवाका लागि ९१ औं समूह अर्थात् शैलेश थापाका ब्याची समेत छन् । त्यसपछिका विश्वराज पोखरेलको ब्याची मात्र नभई जुनियर ब्याची पनि बढुवाको प्रतिष्पर्धामा छन् । बढी संख्यामा दरबन्दी खाली भएकाले तीनवटा ब्याचका एसएसपीहरु बढुवाको प्रतिष्पर्धामा भएका हुन् । अचानक दरबन्दी कटौतीको विषय आएपछि धेरैजना निराश हुनथालेका छन् ।

२२ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाको लागि ३४ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बीच प्रतिस्पर्धा हुने भएको छ । एसएसपी धनश्याम अर्याल, पुरुषोत्तम कँडेल, गणेशबहादुर ऐर, वसन्त पन्त, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, राजेशलाल कर्ण, दिलीप चौधरी, देवबहादुर बोहोरा र रामकृपाल शाह सिनियर हुन् । उनीहरु डिआइजी विश्वराज पोखरेलभन्दा ११ महिनाअघि प्रहरी संगठनमा प्रवेश गरेका भए पनि डिआइजी बढुवा हुँदा पछि परेका थिए । त्यस्तै उत्तमराज सुवेदी, धिरजप्रताप सिंह, बसन्तकुमार लामा, दिवेश लोहनी, रविन्द्र धानुक बढुवाका प्रमुख दाबेदार छन् ।

पहिलो सिनियर ब्याचका १६ जना तथा जुनियर ब्याचका १९ जना प्रतिस्पर्धामा छन् । २०७५ वैशाखमा एसएसपीमा बढुवा भएका सहकुल थापा, प्रदिपकुमार श्रेष्ठ, अरुणकुमार विसी, हरिराज वाग्ले, प्रकाश अधिकारी, सुशीलकुमार यादव, किशोरकुमार दाहाल, मुकुन्दराज आचार्य, पूजा सिंह, विक्रमबहादुर सिंह, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, नरबहादुर खत्री, मसाउद आलम खाँ, शेखर कोइराला डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् । सिनियर ब्याचका केही एसएसपीहरु पटक पटक कारबाहीमा परेको र कार्यक्षमतामा कमजोर भएकाले छुट्ने सम्भावना धेरै रहेको छ ।

कार्यसम्पादन मूल्यांकनबापत ४० अंक, ज्येष्ठताबापत २०, भौगोलिक क्षेत्रमा काम गरेको अनुभवबापत ८, शैक्षिक योग्यताबापत १०, तालिमबापत ७।५, चुनौतीपूर्ण वा विशेष जिम्मेवारीबापत ५, विभूषण ९मानपदवी, अलंकार तथा पदक० बापत २, बढुवा समितिले दिने ७।५ अंक गरी सबैभन्दा बढी अंक प्राप्त गर्ने व्यक्तिलाई सिफारिस गर्नुपर्ने प्रावधान छ । प्रहरी नियमावली २०७१ को नियम २७ (१)(ख) अनुसार डीआईजीको बढुवा समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष, आईजीपी सदस्य र आईजीपीले तोकेको एआईजी सदस्य सचिव रहन्छन् । नियम ३० उपनियम (२) (१) अनुसार बढुवाका लागि बस्ने समितिले ज्येष्ठता, कार्यदक्षता, कार्यसम्पादन मूल्यांकनलाई आधार मानेर बढुवा गर्नुपर्छ । बढुवा समितिले दिने नम्बरमै चलखेल हुने भएकाले बढुवामा सधैं सोसफोर्स चल्ने गरेको छ ।

प्रतिकृया