• ७ असोज २०८३, बुधबार
  • ७ः५० बिहान

भारतमा कोरोना सङ्क्रमण संख्या बढ्दो

प्रकाशित मिति

२०७६ फाल्गुन २३ गते, शुक्रबार १०:१३

एजेन्सी । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३१ पुगेको छ। भाइरसबाट सङ्क्रमित सबैभन्दा पछिल्लो व्यक्ति उत्तर प्रदेशको गाजियावादमा भेटिएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

National Life

भारतका संघीय स्वास्थ्यमन्त्री डा. हर्षबर्धनले बिहीबार संसदमा २९ जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएको बताएका थिए। थप दुई जनामा यो भाइरसको संक्रमण भेटिएपछि संख्या ३१ पुगेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । त्यसमध्ये ३ जनाको सफल उपचार भएको बताइएको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार ३१ मध्ये १५ जनाको गुरुग्राम, १० जना दिल्लीका अस्पतालमा भर्ना भएका छन् । त्यस्तै तेलंगनामा एक जना, जयपुरमा दुई जना छन्। ३१ मध्ये १६ जना इटली निवासी छन्। उनीहरु भारत घुम्न आएको त्यहाँका अधिकारीले जनाएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया