• ४ साउन २०८३, सोमबार
  • ७:०१ बेलुका

ट्वीटरका कर्मचारीलाई घरबाटै काम गर्न आग्रह

प्रकाशित मिति

२०७६ फाल्गुन २० गते, मंगलवार १२:२३

काठमाडौं, विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस संक्रमण फैलिन नदिनका लागि सामाजिक सञ्जाल ट्वीटरले सावधानी अपनाएको छ । ट्वीटरले आफ्ना कर्मचारीहरुलाई कोरोनाको संक्रमण रोक्ने प्रयास स्वरुप घरबाटै काम गर्न आग्रह गरेको छ ।

सामाजिक सञ्जाल ट्वीटरले ब्लग पोस्ट गरेर आफ्ना कर्मचारीलाई घरबाट काम गर्न आग्रह गरेको जनाइएको छ । ट्वीटरले हङकङ, जापान र दक्षिण कोरियाका कर्मचारीका साथै विश्वभर रहेका आफ्ना ५ हजार कर्मचारीलाई घरबाट काम गर्नु भनेको छ । यसैगरी ट्वीटरले आफ्ना कर्मचारीलाई अत्यावश्यक बाहेकका व्यवसायिक यात्रा तथा कार्यक्रमहरुका सहभागी नहुन समेत भनेको छ ।

Kamana Sewa

प्रतिकृया