• ८ असोज २०८३, बिहीबार
  • ४ः३७ बिहान

पोर्न फिल्म खेल्ने घोषणा गरेकी निर्देशककी छोरी पक्राउ

प्रकाशित मिति

२०७६ फाल्गुन २० गते, मंगलवार ११:२९

एजेन्सी, हलिउडका चर्चित निर्देशक स्टिवन स्पिलवर्गकी छोरी मिकायला जर्जले हालै पोर्न स्टारको रूपमा आफ्नो करिअर सुरु गर्ने घोषणा गरेकी थिइन्। यो घोषणाले चर्चामा आएकी उनी अहिले फरक कारण फेरि चर्चामा आएकी छन्। मिकायलालाई घरेलु हिंसाको आरोपमा पुलिसले हिरासतमा लिएको छ।

National Life

मिकायलालाई शनिबार बिहान घरेलु हिंसाको अपराधमा गिरफ्तार गरिएको हो। त्यो समय उनी पति चक पैनकोवसँग बस्दै आएकी थिइन्। चक एक पेसेवर खेलाडी हुन्। चकले पनि यो खबरको पुष्टि गरेका छन्। तर उनले मारपिटबारे पूरा जानकारी भने दिएका छैनन्।

मिकायलाले हालै एडल्ट इन्टरटेनमेन्ट इन्डस्ट्रीमा आफ्नो करिअर बनाउने घोषणा गरेकी थिइन्। मिकायलाले आफूले एडल्ट भिडियो बनाउन सुरु गरेको पनि बताएकी थिइन्। उनका पिता यो विषयलाई लिएर निकै चिन्तित छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया