• १९ भदौ २०८३, शुक्रबार
  • १०ः४७ राती

कोरोना संक्रमणको आशंकामा चारजना टेकु अस्पतालको आइसोलेसनमा

प्रकाशित मिति

२०७६ फाल्गुन १९ गते, सोमबार ०६:०४

काठमाडौँ । कोरोना भाइरसको आशंकामा चारजना बिरामीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ ।

अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार आज आइतबार चीनबाट एकजना र कोरियाबाट तीनजना गरी चारजनालाई भर्ना गरिएको हो । डा. बास्तोलाले भने ’कोरोना प्रभावित देशबाट आएकाहरुलाई नियमित परीक्षण गरिएको हो ।’ भर्ना गरिएकाहरु सबै पुरुष हुन् ।

Kamana Sewa

हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको छ । तीमध्ये १९ जना सकुशल घर फर्किसकेका छन् ।

Classic Tech Desktop

प्रतिकृया