• ७ असोज २०८३, बुधबार
  • ७ः३० बिहान

भाटभटेनी सुपर मार्केटको १८ औं शाखा नेपालगञ्जमा

प्रकाशित मिति

२०७६ फाल्गुन १६ गते, शुक्रबार १०:११

काठमाडौं । भाटभटेनी सुपर मार्केटको १८ औं शाखा नेपालगञ्जमा खुलेको छ । भाटभटेनी ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक मीनबहादुर गुरुङले शुक्रबार बिहान १८ औं शाखाका रुपमा नेपालगञ्जमा भाटभटेनी सुपर मार्केटको उद्घाटन गरेका हुन् । आजैबाट उक्त शाखा सञ्चालनमा आएको छ ।

National Life

यसअघि काठमाडौं बाहिर धरान, वुटवल, भैरहवा, नारायणगढ, पोखरालगायत ठाउँमा भाटभटेनीको शाखा विस्तार भइसकेको छ ।

भाटभटेनी ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक गुरुङले भाटभटेनीको शाखा देशैभर विस्तार गर्ने बताउँदै आएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया