• ७ असोज २०८३, बुधबार
  • ७ः५४ बिहान

एक साताका लागि बिदा लिएका इन्स्पेक्टर ४ महिनासम्म उपस्थीत भएनन्

प्रकाशित मिति

२०७६ फाल्गुन १६ गते, शुक्रबार १०:३९

काठमाडौं । एक साताका लागि बिदा बसेका नेपाल प्रहरीका एक निरीक्षक बिना जानकारी ४ महिनादेखि अनुपस्थित भएपछि गृह मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाएको छ ।

National Life

प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्राविधिक प्रहरी निरीक्षक डा. मोहमद फिरदोश आलम बिदा लिएको चार महिनासम्म पनि हाजिर नभएका हुन् ।त्यसपछि कारबाही प्रक्रिया अढि बढाइएको जनाइएको छ । शुक्रबार मन्त्रालयले हाजिर हुन आउनेबारे म्याद सम्बन्धी सूचना पनि जारी गरेको छ । सूचनामा भनिएको छ, ‘सूचना प्रकाशित भएको मितिले सात दिनभित्र तपाईंलाई नोकरीबाट हटाउनु नपर्ने कुनै मनासिव कारण भए सन्तोषजनक स्पष्टिकरण जवाफ लिइ पेश गर्न आउनु होला ।’

नभए प्रहरी नियमावली, २०७१ बमोजिम भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइने भनिएको छ । अस्पतालमा कार्यरत् एक उच्च अधिकृतका अनुसार एमबीबीएस गरेका आलम प्रहरी अस्पतालमा प्रवेश गरेको डेढ वर्ष मात्र भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया