• ८ असोज २०८३, बिहीबार
  • ५ः३७ बेलुका

पूर्वमन्त्री शाह भ्रष्टाचारी ठहर

प्रकाशित मिति

२०७६ फाल्गुन १६ गते, शुक्रबार ०८:४४

१९ करोड ४३ लाख जरिमाना, ४ वर्ष कैद सजाय

National Life

काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री सञ्जयकुमार शाहलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको छ । शाहलाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा १९ करोड ४३ लाख ३८ हजार ९ सय ८३ रुपैयाँ जरिमानासहित चार वर्ष कैद सजाय हुने फैसला भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए ।

विशेष अदालतका न्यायाधीशहरू कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारूको इजलासले पूर्वमन्त्री शाहलाई भ्रष्टचारी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साहले मन्त्री र सांसद हुँदा आय आर्जन गरेको वैध आयको तुलनामा ३१ करोड ५० लाख २६ हजार ५ सय ५९ रुपैयाँबराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको र त्यसलाई परिवारको नाममा राखेर लुकाएको अभियोगमा गत २५ पुसमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

भ्रष्टाचार मुद्दासँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि पूर्वमन्त्री शाहविरुद्ध ३२ करोडको मुद्दा दायर गरेको थियो । सम्पत्ति लुकाउन सहयोग गरेको अभियोगमा साहसहित १३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको थियो । साहको बैंक खाताको विवरण विश्लेषण गर्दा निरन्तर नगद लेनदेनको कारोबार भएका अन्य व्यक्तिको सम्पत्तिको अनुसन्धान गर्नुपर्ने भएको, जिल्ला प्रहरी कार्यालय धनुषाबाट आफ्नो कार्यक्षेत्रभित्र बसोबास गर्ने शाहको घर–परिवारतर्फका सहयोगी र कामदारको नामनामेसीसहित विवरण प्राप्त भएको विभागको आरोपपत्रमा उल्लेख छ ।

प्रतिकृया