• ८ असोज २०८३, बिहीबार
  • ८ः५७ राती

इरानका स्वास्थ्य मन्त्रीलाई नै कोरोनाभाइरस

प्रकाशित मिति

२०७६ फाल्गुन १४ गते, बुधबार ०७:४९

एजेन्सी । इरानका कार्यवाहक स्वास्थ्यमन्त्री इराज ह्यारिचीलाई नै कोरोनाभाइरसको संक्रमण देखिएको छ । ह्यारिचीले आफ्नो मुलुकलाई कोरोनाभाइरस नियन्त्रणका लागि सरकारका तर्फबाट परामर्श दिन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए । इरानको स्वास्थ्य मन्त्रालयले मंगलबार ह्यारिचीलाई कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेको हो ।

National Life

स्वास्थ्य मन्त्रालय प्रवक्ताले आइआरएनएसँग दिएको अन्तर्वार्ताअनुसार मन्त्रीले आफूलाई कमजोर महसुस गरेका थिए। लगत्तैको स्वास्थ्य परीक्षणपछि उनको भाइरस पोजेटिभ रिपोर्ट आएको हो ।

उनमा कसरी भाइरसको संक्रमण देखियो भन्नेमा यकिन हुन नसके पनि भाइरसयुक्त विरामीलाई परामर्श दिँदा सरेको हुन सक्ने अनुमान छ । इरानको स्वास्थ्य मन्त्रालयले कोरोनाइभारसबाट तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ भने ९५ जनामा संक्रमण देखिएको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया