• 9:34 pm

मौसम : आज मध्य र पूर्वका केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना

प्रकाशित मिति

२०७६ फाल्गुन १४ गते, बुधबार ०७:५८

काठमाण्डौ । बुधबार पनि मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मङ्गलबार र सोमबार पानी पारेको पश्चिमी वायु कमजोर हुँदै गएकाले पश्चिमको मौसम विस्तारै खुल्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार बुधबार पश्चिमको मौसम खुले पनि मध्य र पूर्वका केही ठाउँमा भने चट्याङसहित पानी पर्ने सम्भावना छ ।

यसैबीच प्रिमनसुनी गतिविधि सुरु भएकाले अब दिउँसोपछि हुरिबतास पनि चल्न थाल्ने मौसमविद्ले बताएका छन् । मौसमविद् श्रेष्ठका अनुसार प्रिमनसुनमा बिहान मौसम खुलेर दिउँसो घाम लाग्छ तर बेलुकीतिर बदली भएर हुरीबताससहित चट्याङ र असिना पर्छ ।

सामान्यतया  फागुनको मध्यदेखि तीन महिनासम्म प्रिमनसुन हो । केही दिनयता बिहान खुलेको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर हुरीबताससहित चट्याङ पर्न थालेको छ ।

प्रतिकृया