• २१ भदौ २०८३, आइतबार
  • १२ः२६ दिउँसो

३० लाख चोरेको आरोपमा पक्राउ

प्रकाशित मिति

२०७६ फाल्गुन १३ गते, मंगलवार ०७:२१

ललितपुर । ललितपुर महानगरपालिका-४ जावलाखेलस्थित पशुपति भिभान्ता नामक जुस स्टोरबाट नगद ३० लाखसहित विभिन्न धनमाल चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

National Life

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१४ कलंकी खड्का गाउँ डेरा गरी बस्ने खगेन्द्र कुमार थापा रहेका छन् । उक्त स्टोरबाट गत शुक्रबार नगद ३० लाख रुपैयाँ सहित जिन्सी धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले सोही स्टोरमा काम गर्ने थापाको कोठामा तलासी लिने क्रममा झोलामा लुकाई छिपाई राखेको अवस्थामा नगद २० लाख ५० हजार रुपैयाँ, घटनास्थलमा प्रयोग गरेको छाता, मोबाइल र ज्याकेट समेत फेला पारी उनलाई पक्राउ गरेको हो ।

थापालाई चोरी मुद्धामा आवश्यक अनुसन्धान भइरहेको उक्त परिसरले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया