• २७ भदौ २०८३, शनिबार
  • ११ः२४ राती

आदेश आए १ महिनाभित्रै रेल गुड्छ : रेल विभाग

प्रकाशित मिति

२०७६ फाल्गुन १२ गते, सोमबार ०७:३८

काठमाडौं । भारतको जयनगरदेखि जनकपुर–कुर्था खण्डमा रेल सञ्चालन गर्न तत्काल आदेश पाए एक महिनाभित्र रेल सञ्चालन गर्न सकिने रेल विभागले जनाएको छ । यसका लागि सम्पूर्ण पूर्वाधार तयारी अवस्थामा रहेको विभागका महानिर्देशक बलराम मिश्रले बताए ।

National Life

‘रेलमार्ग र रेलगाडीलगायत पूर्वाधार तयारी अवस्थामा छ। आदेश पाए एक महिनाभित्र सञ्चालन गर्न सक्छौं,’ उनले भने । विभागले ३५ किमि रेलमार्गसहित २ थान रेलगाडी तयारी अवस्थामा राखेको जनाएको छ। रेलगाडी खरिदका लागि सरकारले यसअघि करिब ८५ करोड रुपियाँ रकम विनियोजन गरिसकेको छ।
नेपालले आफ्नै लगानीमा रेल किनेर सञ्चालनमा ल्याउन लागेको हो। उक्त रेलको दुई महिनाअघि नै निर्माण सम्पन्न भइसकेको छ। विभागले डेढ महिनाभित्र नेपाल भित्याउने तयारी थालेको छ। सो रेल नेपालको राष्ट्रिय झण्डासहित रंग्याइएको छ। जसमा साधारण र व्यावसायिक गरी छुट्टाछुट्टै कक्ष राखिएको विभागले जनाएको छ।

डिजेलमार्फत चल्ने यस खालको रेलगाडी छोटो र मध्यम दूरीका लागि उत्तम मानिने डेमु (डिजेल इलेक्ट्रिफाई मल्टिपल युनिट) प्रविधिको हो। डिजल इन्धनबाट बिजुली उत्पादन गरी उत्पादित विद्युत्बाट चक्काहरूमा लागिएको ट्र्याक्सन मोटरहरूलाई इनराइज्ड गरी सञ्चालन हुने गर्दछ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालले हाल सञ्चालन गर्न लागिएको रेल नेपालका लागि नयाँ रहेको छ। यसको सञ्चालनका लागि जनशक्ति नेपालसँग नभएको र व्यवस्थापन गर्नमा जोड दिइएको उनले बताए । नेपाल समाचारपत्र दैनिकबाट साभार ।

प्रतिकृया