नेपाली संक्रमित छैनन्, सचेत रहन आग्रह
प्रकाशित मिति
२०७६ फाल्गुन १२ गते, सोमबार ०७:३२
काठमाडौं । कोरिया स्थित नेपाली राजदूतावासले कोरियामा कोरोना भाइरस (कोभिड १९) बाट कुनै पनि नेपाली संक्रमित नभएको बताएको छ । दूतावासका श्रम कन्सुलर डिल्लीराम बास्तोलाले कोरियाका कतिपय सहरमा कोरोनाको संक्रमण देखा परे पनि यहाँ रहेका कुनै पनि नेपालीलाई संक्रमण देखा नपरेको बताए ।
धेरै संक्रमण थेगु भन्ने शहरमा देखा परेको जानकारी दिँदै अन्य सहरमा त्यति धेरै प्रभावित नपारेको बास्तोलाले बताए । थेगु भन्ने शहरमा ३२ लाख जनसंख्या एक हजार नेपाली त्यस क्षेत्रमा रहेको उनले जानकारी दिए । कोरियामा रहेका नेपाली नागरिकलाई सचेत रहन विभिन्न सचेतना कार्यक्रम गरिरहेको बास्तोलाले जानकारी दिए ।
त्यसै गरी, दूतावासले यस अघि पनि सूचना मार्फत कोरोना भाइरसको संक्रमणबाट बच्ने उपायका सम्बन्धमा सिओल महानगरपालिकाको कार्यालयबाट प्राप्त जानकारी प्रचार गरिएको विज्ञप्तिमा उल्लेख छ । कोरियाली सरकार र सम्वद्ध स्वास्थ्य निकायले समय समयमा जारी गर्दै आएका सुरक्षाका उपायहरु प्रभावकारी ढंगले अवलम्बन गरी कोरोना भाइरसबाट सुरक्षित रहन हाल दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीलाई दूतावासले आग्रह गरेको छ । आजको गोरखापत्र दैनिकबाट ।
प्रतिकृया