• ६ असोज २०८३, मंगलबार
  • ५ः२६ बेलुका

जनता र प्रहरी मिलेरै समाजका अपराध अन्त्य गर्न सकिन्छः डीआईजी पोखरेल

प्रकाशित मिति

२०७६ फाल्गुन ११ गते, आईतवार ०३:४३

काठमाडौं, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले प्रहरी जनताको सुखदुःखको साथी बन्नुपर्नेमा जोड दिनु भएको छ । उपत्यकामा सञ्चालित प्रहरी संयुक्त मेस सुधार अभियानअन्तर्गत महानगरीय प्रहरी प्रहरी वृत्त गौशालामा प्रहरी अधिकृत एवं जवान संयुक्त मेसको आरम्भ गर्दै पोखरेलले यस्तो बताउनु भएको हो ।

National Life

राज्यको अभिन्न अंग प्रहरी भएको बताउँदै उच्च मनोबलसाथ कानुन कार्यान्वयनमा कठोर बन्न उहाँले निर्देशनसमेत दिनुभयो । जनता र प्रहरी मिलेरै समाजका सबैखाले अपराध र विकृतिरविसंगति अन्त्य गर्न सकिने उहाँको भनाइ थियो ।

उहाँले सबैलाई समान रूपले सेवा प्रवाह गर्ने प्रहरी कर्मचारीहरूभित्रै विभेद रहे आलोचनात्मक प्रश्नहरूको सिर्जना हुने भन्दै समान राशन सुविधा रहने प्रहरी कर्मचारीहरूभित्र समानता कायम गर्न संयुक्त मेस निर्माणको अभियान सञ्चालन गरेको बताउनुभयो । ठूलो संख्यामा रहेका जवान र हवल्दार र सबैभन्दा बढी ड्युटीमा खटिने र त्यसका लागि गुणस्तरीय खाना, सफा मेस तथा ब्यारेक भवनलगायत सेवा सुविधाले प्रत्यक्ष प्रभाव पार्ने उहाँको भनाइ छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरी कर्मचारीको सेवा सुविधा, वृत्ति विकासलाई ध्यानमा राखी तल्लो वर्गका कर्मचारीको मनोबल उच्च राख्न सके उनीहरूबाट प्रवाह हुने सेवा प्रभावकारी हुने उहाँले बताउनुभयो ।

प्रतिकृया