• २० असार २०८३, शनिबार
  • ५:३१ बेलुका

बार्सिलोनाको जितमा मेस्सीको चार गोल

प्रकाशित मिति

२०७६ फाल्गुन ११ गते, आईतवार ०६:३१

काठमाडौं । कप्तान लिओनल मेसीले चार गोल गरेपछि साविक विजेता बार्सिलोना स्पेनिस ला लिगामा शनिवार आइबरलाई ५-० ले पराजित गरेको छ ।
पहिलो हाफमा ४० मिनेटभित्रै ह्याट्रिक गरेका मेसीले दोस्रो हाफमा एक गोल थपे । अर्को गोल आर्थर मेलोले गरे ।

जितपछि बार्सिलोना रियल मड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ । २५ खेलबाट बार्सिलोनाको ५५ अंक हुँदा एक खेल कम खेलेको रियलको ५३ अंक छ ।
घरेलु मैदान नोउक्याम्पमा भएको खेलमा मेसीले २६ मिनेटमा ह्याट्रिक गरे । खेलको १४ औं मिनेटमा पहिलो गोल गरेका मेसीले ३७औं मिनेटमा अग्रता दोब्बर पारे । त्यसको तीन मिनेटपछि नै गोल गर्दै मेसीले ह्याट्रिक पूरा गरे ।

Kamana Sewa

दोस्रो हाफमा बार्सिलोनाले दुई गोल गर्दा मेसीले एक गोल थपे । ८७औं मिनेटमा मेसीले चौथो गोल गर्दा बार्सिलोनाले पनि ४-० को अग्रता बनायो । ८९ औं मिनेटमा आर्थरले गोल गरेपछि बार्सिलोनाले फराकिलो जित हात पारेको हो ।

Classic Tech Desktop

पराजित आइबर भने २४ अंकसहित अंकतालिकामा १६औं स्थानमा छ ।

प्रतिकृया