• ६ असोज २०८३, मंगलबार
  • १२ः४१ दिउँसो

भारतमा बस दुर्घटना, सातजना नेपालीको मृत्यु

प्रकाशित मिति

२०७६ फाल्गुन ९ गते, शुक्रबार ०८:३२

काठमाडौं । भारतको तामिलनाडुमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटनामा परेको छ । बुधबार राति दुर्घटनामा परेको बताइएको छ ।

National Life

दक्षिण भारतीय राज्यको तमिलनाडुको सालेममा दुर्घटनामा परेको थियो । दुर्घटनामा सातजनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

को १ ख ५३३४ नम्बरको बस विपरीत दिशाबाट आएको बससँग ठोक्किएको थियो । सुनसरीको दुहवीबाट माघ २३ गते तीर्थयात्री बोकेर बस भारत प्रस्थान गरेको थियो । द हिन्दुमा प्रकाशित समाचारअनुसार मध्यरातमा बसले यु टर्न लिन खोज्दा विपरीत दिशाबाट आएको बसले ठक्कर दिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

दुर्घटनामा मृत्यु हुनेमा वीरबहादुर राई, गोपाल तामाङ, फूलसरी चौधरी, बुधनी चौधरी, विष्णु दाहाल, टीकाराम चौधरी, रशिलाल चौधरी र उनकी श्रीमती छन् । घाइते भएका २१ जनाको तमिलनाडुमै उपचार भइरहेको छ ।

प्रतिकृया