• ६ असोज २०८३, मंगलबार
  • ६ः५८ बेलुका

मन्त्री बास्कोटा अडियो प्रकरण: कर्मचारी युनियनद्वारा बाँस्कोटालाई कारबाही गर्न माग (प्रेस विज्ञप्ति सहित)

प्रकाशित मिति

२०७६ फाल्गुन ८ गते, बिहीबार १२:३०

काठमाडौं, सेक्युरिटी प्रेस खरिदमा बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएसँगै उनको अभिव्यक्तिप्रति नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)ले आपत्ति जनाएको छ । उनको अभिव्यक्तिले राष्ट्रसेवक कर्मचारीलाई दुखी बनाएको भन्दै कर्मचारी युनियन (सङ्घ)ले प्रेस विज्ञप्ति मार्फत आपत्ति जनाएको हो ।

National Life

मन्त्रालयका कर्मचारीलाई स्त्रीजन्य अश्लील शब्दले गाली गर्दै दलालसँग कमिसनको कुरा गरेको अडियो सार्वजनिक भए पछि चौतर्फी आलोचना खेपिरहेका मन्त्री बास्कोटालाई कानुनी कारबाही हुनु पर्ने माग सहित युनियन (सङ्घ)का उपमहासचिव दुर्गाप्रसाद फुयाँलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘यस सम्बन्धमा स्वतन्त्र छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दछौँ ।’

‘नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी लिएका व्यक्तिबाट यस्तो उपेक्षा बोधक अश्लील शब्दले आम राष्ट्रसेवकलाई मान मर्दन गर्नु खेदयोग्य र कारबाहीजन्य अपराध हो भन्दै अपशब्द र अश्लील शब्द प्रहार गर्ने मन्त्रीलाई कानुनी कारबाही नभएमा बहिष्कार गर्ने समेत चेतावनी युनियन केन्द्रीय कार्यसमितिले दिएको छ

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया