• ६ असोज २०८३, मंगलबार
  • ३ः३६ दिउँसो

चोरी गरी भाग्दै गरेका भक्तपुरबाट २ जना पक्राउ

प्रकाशित मिति

२०७६ फाल्गुन ७ गते, बुधबार ०२:५९

भक्तपुर, ढोकाको ताल्चा तथा दराज फोडी नगद चोरी गरी भाग्दै गरेका २ जना पक्राउ परेका छन् । सोमबार मध्यपुर ठिमी नगरपालिका वडा नं. २ स्थित बालसुधारगृह अगाडी ममता श्रेष्ठको २ तले पक्की घरको भुई तलामा बस्ने जुनु श्रेष्ठको कोठामा ढोकाको ताल्चा तथा दराज फोडी नगद चोरी गरि भाग्दै गरेका २ जनालाई महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

National Life

पक्राउ पर्नेमा ताप्लेजुङ्ग सिदिउवा गाउपालिका–४ घर भएका हाल काठमाण्डौं डल्लु बस्ने १९ वर्षीय पुजन लिम्बु र काभ्रे घर भई हाल डल्लुमैबस्ने १८ वर्षीय अनिल तामाङ रहेका छन् ।

पक्रउ परेका उनीहरु संग खुकुरी र ढोका फोड्न प्रयोग गर्ने औजार एक एक थान, चोरी गरेको रकम रु.२०,८००। नगद बरामद भएको छ । पक्राउ परेका मध्ये पुजन लिम्बू यस भन्दा अगाडी हात हतियार खरखजना मुद्दामा १ वर्ष सजाय भुक्तान गरी छुटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यस सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया