• २१ भदौ २०८३, आइतबार
  • ५ः३६ बेलुका

रौतहटमा गोली हानाहान, पूर्वनेता पक्राउ

प्रकाशित मिति

२०७६ फाल्गुन ७ गते, बुधबार ०८:२२

काठमाडौं । व्यक्ति हत्यालगायतका दर्जनौं अपराधमा संलग्न तराई जनतान्त्रिक मुक्ति मोर्चाका पूर्वनेता कामेश्वर पटेल कुर्मीलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौटहट र बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले गएराति ११ बजे चन्द्रपुर नगरपालिका-४ स्थित जगलसहियाबाट कुर्मीलाई नियन्त्रणमा लिएको हो ।

National Life

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, कुर्मीको वायाँ खुट्टामा २ राउन्ड गोली लागेको छ । घाइते कुर्मीलाई उपचारका लागि चन्द्रपुर प्रालि अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

एम्बुस थापेर बसिरहेका कुर्मीले प्रहरीमाथि गोली चलाएपछि आत्मरक्षाका लागि चार राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

कर्तव्य ज्यानलगायतका दर्जन बढी अभियोग कुर्मीमाथि छ । उनी अभियोग लागेदेखि नै फरार थिए । जिल्ला प्रहरी कार्यालय, रौतहटले दिएको जानकारी अनुसार, कुर्मीको साथबाट १ थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने ५ राउन्ड गोलीसमेत बरामद भएको छ ।

प्रतिकृया