क्वारेन्टाइनमा रहेका सबै नागरिक स्वस्थ : मन्त्री ढकाल
प्रकाशित मिति
२०७६ फाल्गुन ७ गते, बुधबार ०७:१४
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले क्वारेन्टाइनमा रहेका सबै नागरिक स्वस्थ भएको बताएका छन् । भतmपुर विद्युत प्रधिकरणको तालिम केन्द्र स्थित क्वारेन्टाइनको अनुगनम गर्ने क्रममा मन्त्री ढकाले त्यहाँ रहेका १ सय ७५ जना स्वस्थ रहेको बताएका हुन् ।
क्वारेन्टनाइनका अनुगमनमा पुगेका स्वास्थ्य मन्त्री ढकालले नेपालमा क्वारेन्टान कार्य्विधि नयाँ भएका कारण उद्धारमा केहि समय लागेको बताए ।
उनले जनमानसमा रहेको भ्रमका कारण क्वारेन्टाइनका लागि छनौट गरिएको स्थानका स्थानिय अक्रोशीत भएको बताए । तर अहिले स्थानियले क्वारेन्टाइनमा राखिने व्यतिm स्वास्थ हुने कुरा बुझेको समेत दाबी गरे ।

साथै नेपालमा मानिसमा गरिएको क्वारेन्टाइन कार्य्विधि व्यवस्थापन अन्तर्रा्ष्ट्रिय मापदण्ड अनुसार भएको दाबी समेत गरे । उनले क्वारेन्टाइनमा बसने नागरिका लागि शौचालय मर्मत, तातोपानी, खानका लागि शुद्ध पानी, कोठामा इन्टरनेट लगाएतको सुविधा समेत रहेको जानकारी दिए ।





प्रतिकृया