• ७ असोज २०८३, बुधबार
  • ८ः५७ बिहान

त्रिकोणात्मक सिरिज : नेपालले टस जित्यो, अमेरिकालाई ब्याटिङको निम्तो

प्रकाशित मिति

२०७६ माघ २९ गते, बुधबार ०९:४७

काठमाडौं । त्रिकोणात्मक सिरिज अन्तर्गतको अमेरिकासँगको खेलमा नेपाल टस जितेर बलिङमा उत्रँदै छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेलमा नेपालले अमेरिकालाई ब्याटिङको निम्ता दिएको हो।

National Life

नेपाली टिममा अघिल्लो खेलमा डेभ्यु गरेका कमलसिंह ऐरीको स्थानमा ललितनारायण राजबंशीले स्थान पाएका छन्। नेपाल आज दोस्रो जितको खोजीमा अमेरिकासँग खेल्दैछ । ओमन, अमेरिका र नेपाल सम्मिलित जारी सिरिजमा यसअघि नै ओमनले आफ्ना सबै खेलमा जित निकालिसकेको छ।

यता नेपालले अमेरिकासँगको पहिलो खेलमा जित निकालेको थियो भने ओमनसँगको दुवै खेलमा पराजित भएको थियो। आज नेपाल अमेरिकासँग दोस्रो जित निकाल्ने लक्ष्यका साथ उत्रने छ। अमेरिका भने सिरिजमा जितविहीन छ। अमेरिकाले ओमनसँग दुई र नेपालसँग १ खेलमा पराजय भोगेको छ। अमेरिका सान्त्वना जित निकाल्ने लक्ष्यमा रहनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालले यसअघिको खेलमा अमेरिकालाई ३५ रनले हराएको थियो। ओमनसँग भने पहिलो खेलमा १८ रन र दोस्रो खेलमा ८ विकेटको पराजय भोगेको थियो।

नेपाली टिम :  ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, सुवास खकुरेल, करण केसी, विनोद भण्डारी, सुसन भारी, ललितनारायण राजबंशी, मोहम्मद आरिफ शेख, कुसल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने

अमेरिकी टिम : सौरभ नेत्रभाल्कर, इयान होल्यान्ड, अक्षय होमराज, एरोन जोन्स, नोस्टुस केन्जिगे, जेभियर मार्सल, मोनाङ्क पटेल, निसर्ग पटेल, तिमिल पटेल, क्यामरन स्टेभेन्सन, रस्टी थेरन

प्रतिकृया