• ८ असोज २०८३, बिहीबार
  • १०ः५४ बिहान

बागमति गाउँपालिकाको छैठौं गाउँसभा सम्पन्न, नौ वटा विधयेक पारित

प्रकाशित मिति

२०७६ माघ २८ गते, मंगलवार ०९:३९

ललितपुर, बागमति गाउँपालिकाको छैठौं गाउँसभाले नौ वटा विधयेक पारित गरी कानुन निर्माण कार्यलाई तिब्रता दिएको छ । माघ २२ गतेदेखि शुरू भएको गाउँसभाले ९ वटा कानुन निर्माण गर्दै सोमवार सम्पन्न भएको थियो ।

National Life

विधायन समितिका संयोजक लालबादुर भोम्जनबाट गाउँसभामा पेश भएको ९ वटा विधयेक कार्यविधिहरु गाउँसभाले पारित गरी कानुनी रुप प्रदान गरेको गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिनुभयो । गाउँपालिकाले गाउँपालिकाको सार्वजनिक खरिद नियमावली, आर्थिक सहायता कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि, व्यवसाय दर्ता तथा नविकरण कार्यविधि, बागमति गाउँपालिकाको संस्था दर्ता विधेयक, बैठक तथा भ्रमण खर्च सम्बन्धि निर्देशिका, भकारो सुधार कार्यक्रम सञ्चालन कार्यविधि गाउँसभाले पारित गरी कानुनीरूप प्रदान गरेको हो ।

त्यस्तै गाउँपालिकाको गाउँपालिका प्रहरी विधयेक, एकल पुरुष भत्ता वितरण कार्यक्रम सञ्चालन कार्यविधि, गाउँपालिकाको औद्यौगिक दर्ता व्यवसाय विधयेक गाउँसभाले पारित गरेको हो ।  २२ गते शुरु भएको गाउँसभामा पेश भएका विधेयक गाउँसभाका सबै सदस्य र वडाध्यक्षलाई अध्ययानका पाँच दिन समय दिएको र अध्ययन पश्चात विभिन्न सुझवा सहित विधयेक पारित भएको गाएँपालिकाका प्रमुख प्रशासकीयक अधिकृत युवराज आचार्यले जानकारी दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

विधायन समितिबाट पेश भएको विधयेकमा सहभागिहरुले विभिन्न राय प्रदान गर्दै विधयेक पारित भएको हो । स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय तहको वार्षिक रुपमा दुई पटक गाउँ र नगर सभा बस्नुपर्ने व्यवस्था गरेको छ । उक्त व्यवस्था अनुसार असारमा सम्पन्न हुने गाउँसभाले अगाामी वर्षको नीति, कार्यक्रम र बजेट सभाबाट पारित गर्ने र पुसदेखि माघमा बस्ने सभाले स्थानीय तहका लागि आवश्यक कानुन निर्माण गर्ने व्यवस्था गरिएको छ ।

यसअघि बागमति गाउँपालिकाले १८ वटा कानुन निर्माण गरिसकेको छ । अब गाउँपालिले निर्माण गरेको कुल कानुनको संख्या २७ वटा पुगेको छ । कार्यक्रममा गाउँपालिकाका कार्यलय सहयोगी विनोद दाहाललाई नगद पाँच हजार रुपियाँ सहित सम्मान गरिएको बागमति गाउँपालिकाले जनाएको छ ।

प्रतिकृया