• २५ भदौ २०८३, बिहीबार
  • ४ः२५ बेलुका

“हाम्रो स्वास्थ्य एकदमै कमजोर बन्दै छ, हामीलाई उद्धारमा सहयोग गर्नुहोस् ”

प्रकाशित मिति

२०७६ माघ २७ गते, सोमबार ०७:४१

काठमाडौ । “हाम्रो स्वास्थ्य एकदमै कमजोर बन्दै छ, सर हामीलाई उद्धारमा सहयोग गर्नुहोस् ” चीनको वुहानमा रहेका डा. गौरव पाखरेलले वेब च्याटमा भिडियो कलमार्फत राष्ट्रिय मानअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालेलाइ भने ।

National Life

चीनबाट ल्याएर राख्ने स्थानका लागि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पूरा नभएको नेपाल सरकारले बताए पनि कुनै संगठनको त्यस्तो मापदण्ड नभएको डा. पोखरेलले आयोगका अध्यक्ष शर्मालाइ सुनाए । तर, आयोगका अध्यक्ष शर्मा निशब्द बने । उताबाट डा. पोखरेलले थपे, “अझ प्रधानमन्त्री बिरामी हुँदा सिंगापुर तुरुन्तै लगियो तर हामीलाई उद्धार गर्न सरकार निदाएको छ ।”

आयोगका अध्यक्ष शर्माले ’अहिले तपाईंहरुको अवस्था कस्तो छ, बसेको स्थानका अन्य देशका नागरिक उद्धार गरिसके त भन्ने प्रश्न गरे’ । “पहिला हाम्रो होस्टलमा एक सयजना थियौं तर अहिले ६ जना नेपालीबाहेक अरु कोही छैनन्,” उता निकै आत्तिएको र आक्रोशित स्वरमा डा. पोखरेलले भने, “अहिलेसम्म हामीलाई कुनै प्रकारको कोरोना भाइरस देखिएको छैन्, तर कोरोनाका कारण मृत्यु हुने दर बढिरहेको छ । सरकारले उद्धार गर्नमा ढिलो गरेमा जुनसुकै समयमा हामी पनि संक्रमित हुनसक्छौं ।”

Classic Tech Mobile
Classic Tech Desktop

अभिभावकद्वारा आयोगलाई गुहार

आइतबार दिउँसो राष्ट्रिय मानअधिकार आयोगको कार्यालयमा गुहार माग्न पुगेका चीनमा रहेका नेपाली विधार्थीहरुका अभिभावकहरुले आफ्ना छोराछोरीको अवस्थाको बारेमा आयोगका अध्यक्षलाई जानकारी गराएका छन् । सोहि क्रममा अभिभावक उमेशबाबु सिंहका ज्वाइँले वुहानबाट वेब च्याटमा भिडियो कल गरेका थिए । सोहि भिडियो कलमा अध्यक्ष शर्मासँग कुराकानी भएको थियो ।

“प्रधानमन्त्रीज्यू मुरली बजाउन व्यस्त हुनुभएको छ । वुहानमा हाम्रा छोराछोरी हरेक दिन रुँदै फोन गर्छन् ,”अभिभावक दिनेश श्रेष्ठले भने, “सबै मन्त्रालयको ढोका ढक्कायौँ तर एकले अर्कालाई देखाए । तर कसैले पनि कहिले ल्याउने भनेर भन्न सकेनन् ।” उनले अरु देशहरुले आफ्ना देशका नागरिक लगिसके तर हाम्रा सरकार हेरेर बसेको गुनासो गरे ।

त्यसैगरी, गत शनिबार माघ १८ गते चीनस्थित नेपाली राजदूतावासले चीनबाट फर्किन चाहने नेपालीका लागि फाराम भर्न सूचना जारी गरेको थियो । त्यसमा १ सय ८० जना नेपाली विद्यार्थीहरुले फाराम भरेका थिए । फाराम भरेको करिब १० दिन बितिसक्दा पनि उनीहरुलाई उद्धार गर्नमा कुनै कदम चालेको छैन ।

चीनको वुहानबाट फैलिएको नोभेल कोरोना भाइरसबाट ८१३ जनाको मृत्यु भइसकेको छ भने ३७ हजारभन्दा बढी संक्रमित भएका छन् । वुहान सहर २३ जनवरीबाट ’लक्डाउन’ छ । त्यहाँ आवतजावतमा प्रतिबन्ध गरिएको छ भने मानिसहरु बाहिर निस्कने सक्ने अवस्थासमेत नभएको जनाइएको छ ।

प्रतिकृया