• २५ भदौ २०८३, बिहीबार
  • ३ः३५ दिउँसो

नेपालले बङ्गलादेशलाई बिजुली बेच्ने

प्रकाशित मिति

२०७६ माघ २७ गते, सोमबार ०६:५५

बङ्गलादेशले नेपालबाट बिजुली किन्ने सम्झौता भएको छ । नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट पाँच सय मेगावाट जलविद्युत् किन्न बङ्गलादेशले प्रवद्र्धक कम्पनीलाई आशयपत्र (लेटर अफ इन्टेन्ट) प्रदान गरेको छ । प्रवद्र्धक कम्पनी जीएमआर अपर कर्णाली हाइड्रोपावर कम्पनीलाई बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डले पत्राचार गर्दै विद्युत् खरिद सम्झौता गर्न आफू तयार रहेको जनाएको हो ।

National Life

कम्पनीका आयोजना प्रमुख केके शर्माका अनुसार एलओआईसँगै विद्युत् खरिद सम्झौता गर्ने प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ । गत पुसको पहिलो साता बङ्गलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरिद समितिले जीएमआरसँग विद्युत् खरिद सम्झौताका लागि स्वीकृति दिएको थियो । एलओआई पाएपछि जीएमआरले बैङ्क जमानतस्वरूप ५० लाख डलर र खरिद सम्झौताका कागजात पेस गर्ने प्रक्रियामा लागेको शर्माले जानकारी दिए ।

खरिद सम्झौताको मस्यौदा बङ्गलादेशको कानुन मन्त्रालय र केन्द्रीय बैङ्कले स्वीकृति दिनुपर्ने हुन्छ । उक्त स्वीकृतिपछि विद्युत् खरिद सम्झौता हुनेछ । यसका लागि जीएमआरले थप एक करोड डलर जमानत देखाउनु पर्नेछ । यो समाचार आजको गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया