नेपाल रेडक्रस सोसाईटीको साधरण सभा सम्पन्न
प्रकाशित मिति
२०७६ माघ २५ गते, शनिबार ०७:०१
भक्तपुर । नेपाल रेडक्रस सोसाईटीको विद्यान संशोधन पश्चात भएको नेपाल रेडक्रस सोसाईटी जिल्लाशाखा भक्तपुरको प्रथम साधरण सभा शनिबार सम्पन्न भएको छ ।
यस सभामा जिल्ला समन्वय समिति भक्तपुर, महानगरिय प्रहरी परिसर, जिल्ला जनस्वास्थय, विभन्नि संघ सस्था, राजनितिक दलका प्रतिनिधि, नेपाल पत्रकार महासंघ, नेपाल रेडक्रस केन्द्रीय कार्यलय, जिल्लाशाखा, उपशाखाका प्रतिनिधि, सभासद, कर्मचारी र स्वयंम सेवकहरुको उपस्थिति रहेको थियो । जिल्लाशाखा भक्तपुरका मन्त्री परशु राम पाण्डेले साभा संचालन र स्वागत मन्तव्य जिल्लाका कोषाध्यक्ष प्रदिप कुमारले सीले गर्नु भएको थियो ।
स्वागत मनतव्य पश्चात पमुख अतिथि नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यालयका महामन्त्री देवरत्न ध्वाख्वा र विषेष अतिथि जिल्ला समन्वय समिति प्रमुख नवराज गेलाल ज्यूबाट हेनरी डिउनाको तस्विरमा माल्य अप्रणको साथै प्रगति प्रतिवेदन पुस्तिका विमोचन गरीएको थियो । राष्ट्रिय गान र नेपाल रेडक्रसका ७ सिद्घान्तलाई बाचन गर्दै पुन सुरु भएको यस सभामा विभिन्न विशिष्ट व्यक्तीहले आ – आप्नो मनतव्य दिनु भएको थियो ।
सभालाई सम्वोधन गर्दै सभापति – नेपाल रेडक्रस सोसाईटी केन्द्रिय सदस्य, राष्ट्रिय विपद तथा संकट व्यवस्थापन समितिका सभापति एमंव भक्तपुर जिल्लाशाखाका सभापति मनोज कुमार थापा भन्नुहुन्छ अहिलेको परिप्रेक्षमा जिल्लालाई समुदायको आवश्यकता, माग र नेपाल रेडक्रसको विधान अनुसार कसरी काम गर्ने भन्ने तर्फ आगामी दिनमा सबै पक्षले जोड दिन आवश्यक छ ।
नेपाल रेडक्रस कुनै निश्चित जातजाति भाषाभाषि दलको नभई सम्पुर्ण समुदायको हो, त्यसैले उपशाखा र जिल्ला शाखाले समुदायको आवश्यकता अनुसार काम गर्दै आएको छ । मानवताको लागि काम गर्दै आएको यस नेपाल रेडक्रस सोसाईटीलाई अनावश्यक टिकाटिपणी गर्नु भन्दा सम्वन्धित पक्षले आवश्यक परेमा निश्चित तरिकाले छानविन गर्न अनुरोध गर्दै यसका लागि कुनै पनि समयमा छानविन समितिलाई नेपाल रेडक्रस सोसाईटी जिल्लाशाखा भक्तपुरले सहयोग गर्न तयार रहेको कुरा व्यक्त गर्नुभएको छ ।
सभालाई सम्वोधन गर्ने क्रममा प्रमुख अतिथि तथा नेपाल रेडक्रस सोसाईटी केन्द्रिय माहामन्त्री देव रत्न ध्वाख्वा भन्नु हुन्छ, नेपाल रेडक्रस सोसाईटीको विधान संसोधन र यसको स्वरुप परिवर्तन भए पश्चात जिल्लाशाखा भक्तपुरले यस प्रथम साधारणसभा मनाएको छ । विगतको इतिहास हेर्दा २४ औं साधारण सभा गरिसकेको छ । यस शाखालाई आगामी दिनमा रेडक्रसको सिधान्त अनुरुप कार्य गर्न शुभकामना व्यक्त गदै ७ सिदान्त प्रतिको वुझाई सवैको समान बनाउन आवश्यक रहेको कुरामा जोड दिनु भएको छ ।
सभालाई सम्वोधन गर्दै साभाका विशेष अतिथि तथा जिल्ला समन्वय समिती प्रमुख नवराज गेलाल भन्नुहुन्छ , जहा दुख त्यहाँ रेडक्रस भने जस्तै रेडक्रसको जन्म पनि युद्घका घाइतेको उद्घारका लागी भएको थियो । भक्तपुरमा नेपाल रेडक्रस सोसाइटीले मानवियहित र सहयोगका क्षेत्रमा धेरै काम गरेको छ भने रगत नपाए भक्तपुर जानु भन्ने नारालाई सार्थकता दिन विभिन्न कार्यक्रम आयोजना गरेको छ । साथै वडाहरुमा उपशाखा गठन, सवलिकृत भवन निर्माण, जिविकोपार्जन गतिविधीहरु संचालन गरी एक प्रसंसनीय कार्य भएको बताए । जसबाट समुदायले सजिलै सहयोग प्राप्त गरेका छन् । बाहिर जे जस्तो टिकाटिपणी भएपनि नेपाल सरकार रेडक्रस प्रति नकारात्मक नरहेको अभिव्यक्ती दिदै आगामी दिनमा राजनितिक आवरणबाट रेडक्रसलाई छोप्न नदिन र नेपाल रेडक्रस सोसाईटीको इतिहासलाई सुरक्षित राख्न अनुरोध गर्नु भएको थियो ।
यस प्रथम साधारण सभामा उत्कृट उपशाखाहरु, स्वयंम सेवक, युवा रेडक्रस र जुनीयर सर्कल तथा कर्मचारीहरुलाई पुरस्कृत गरीएको थियो । प्रथम सत्रको अन्तय पश्चात शुरु भएको बन्द सत्रमा नेपाल रेडक्रस सोसाईटी जिल्लाशाखा भक्तपुरको उपलव्धी, प्रगति प्रतिवेदन, आगामी योजना, आगामी रणनितीहरु प्रस्तुत गरी छलफल भएको छ ।
सभासदहरुले केही महत्वपुर्ण सल्हासुझाव पनि दिनु भएको थियो जस्तैः रक्तदान गतिविधी उपशाखाले गर्दा वजेट विनियोजन गर्नुपर्ने, रगतको माग बृद्घी र यसका लगि विभिन्न कल्व, सहकारी, युवाकल्व संघको सहकार्य, लेखा समितीको बैठक समयमा र नियमित तरिकाले हुनुपर्नेमा जोड दिनुभयो ।
प्रस्तुत प्रतीवेदन र छलफलको निस्कर्ष सभाबाट पास भए पश्चात उक्त प्रथम साधारण सभाको समापन गरिएको थियो ।











प्रतिकृया