• १७ असोज २०८३, शनिबार
  • ८ः३४ राती

सशस्त्र प्रहरीद्दरा आगलागी नियन्त्रणको नमूना

प्रकाशित मिति

२०७६ माघ २४ गते, शुक्रबार ०४:०२

भक्तपुर । ब्यासीमा आगलागी नियन्त्रणको नमूना अभ्यास गरिएको छ । शुक्रबार सशस्त्र प्रहरी बल, नेपाल न. २८ गुल्म हेड क्वाटर (औद्योगिक सुरक्षा) ब्यासीले आगो निभाउने तथा उद्दार अभ्यासको आयोजना गरेको हो । आगलागी भएपछि कसरी सुरक्षित तरिकाबाट निभाउने भनेर नमूना अभ्यास गरिएको छ । घरमा आगलागी हुँदा नियन्त्रणमा लिने, घाइतेको प्राथमिक उपचार गर्ने, अस्पताललाने जस्ता नमुना अभ्यास गरिएको थियो । सो अवसरमा सशस्त्र प्रहरीको कार्यालय रहेको भवनको माथिल्लो तलामा आगो बालेर कसरी नियन्त्रणमा लिने र घाइतेको उद्दार गर्ने भन्ने अभ्यास भएको थियो ।

National Life

 

Classic Tech Mobile
Classic Tech Desktop

खाना पकाउने ग्यास सिलिन्डरमा बलेको आगो, अन्य स्थानमा लागेको आगो कसरी आफू सुरक्षित भएर नियन्त्रणमा लिने भन्ने अभ्यास गरिएको सशस्त्र प्रहरी नायब निरीक्षक पंकज पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा ब्यासी, जुद्द बारुण यन्त्र भक्तपुर, एभरेष्ट स्कुल, स्थानीय बासिन्दा पत्रकार, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिकृया