• २५ भदौ २०८३, बिहीबार
  • २ः५३ दिउँसो

भ्रष्टाचार के हो ?

प्रकाशित मिति

२०७६ माघ २४ गते, शुक्रबार १२:१६

भ्रष्टाचार अर्थात् भ्रष्ट आचार ‘भ्रष्ट भनेको नराम्रो कर्म र बिग्रेको मानिस’

National Life

रीना भट्ट

भ्रष्टाचार अर्थात् भ्रष्ट आचार ‘भ्रष्ट भनेको नराम्रो कर्म र बिग्रेको मानिस’ जसको शाब्दिक अर्थ त्यस्तो आचरण जसले अनैतिक र अनुचित काम गर्छ भने त्यो नै भ्रष्टाचार हो चाहे त्यो राजनीति क्षेत्रमा होस, आर्थिक क्षेत्रमा, सामाजिक क्षेत्रमा वा प्रत्रकारिताको क्षेत्रमा होस । त्यस्तो आचरण सबै भ्रष्टाचार नै हो।

Classic Tech Mobile
Classic Tech Desktop

जब मानिस कानुनलाई लत्याई न्याय ब्यबस्थाको विरुद्धमा गएर आफ्नो स्वार्थ पूर्तिको लागि गलत आचरण गर्न थाल्छ भने त्यस्तो व्यक्तिलाई भ्रष्टाचारी भन्नै पर्छ। आज हाम्रो राष्ट्र नेपालमा त्यस्ता कति मानिस छन् ? जो भ्रष्टाचारी छन चाहे त्यो आर्थिक मामिलामा मात्र नभएर सामाजिक राजनीतिक मामिलामा पनि नराम्रो आचरण र अनैतिक काम गर्ने धेरै छन्।

भ्रष्टाचारको धेरै रुपहरु हुन्छन् जस्तो घुस, कालोबजारी, जानी जानी सामानको भाउ बढाउनु सस्तो सामानलाई महंगोमा बेच्नु , पैसाको भरमा झुठो समाचार संप्रेषण गर्नु, अरूले गरेको राम्रो कामलाई देख्न नसक्ने गलत प्रचार गर्ने र आफ्नो अनैतिक कामलाई राम्रो भन्दै प्रचार गर्ने, ऋण नतिर्ने , समाजमा नपच्ने अनैतिक कार्य गर्नु, घुस लिनुदिनु, चुनावमा धादली, ब्लैकमेल, कर नतिर्नु , झुटो गवाही दिनु, परीक्षामा चिट चोर्नु, परीक्षार्थीको गलत मुल्यांकन गर्नु, जबर्जस्ती चन्दा असुल गर्नु, पैसा लिएर पत्रपत्रिकामा रिपोर्ट छाप्नु, पैसा लिएर भोट दिनु, भोट लिनको लागि रक्सी र पैसा बाडनु र आफ्नो काम गराउनको लागि नगद दिएर गराउनु यो सबै ‘भ्रष्टाचार ’ जन्य अपराध हो।

यस्ता छन् भ्रष्टाचारका कारणहरु
१) असंतोष : जब कसैलाई अभावको कारण दुख हुन्छ त्यो अबस्थामा उ भ्रष्ट आचरण गर्न बाध्य हुन्छ।
२) स्वार्थ र असमानता: असमानता आर्थिक सामाजिक या मान सम्मान, पद प्रतिष्ठाको कारण पनि मानिस भ्रष्ट हुन्छ। हिनता बोध र ईर्ष्याको भावना भएको ब्यक्तीले पनि भ्रष्टाचारलाई अपनाउँछ । साथै घुस खाने आचरण भएको र परिबारबादलाई पहिलो प्राथमिकतामा राख्ने व्यक्तिहरूले पनि भ्रष्टाचारलाई जन्म दिन्छ।
३) नेपालमा बढ्दो भ्रष्टाचारः नेपालमा भ्रष्टाचार भाईरल रोग जस्तो बढ्दो क्रममा छ। यसको जरा धेरै गहिरो भएर गाडि सकेको छ। यदि यसलाई समयमै रोक्न सकिएन भने पुरै नेपाल राष्ट्रलाई नै यसले संक्रमित बनाउने छ। भ्रष्टाचारको प्रभाव अत्यन्त ब्यापक रहेको छ। जीवनको कुनै पनि क्षेत्र यो भ्रष्टाचार बाट मुक्त देखिन्न।

भ्रष्टाचार रोक्ने उपाय:
यो एउटा संक्रमण रोग जस्तै भै सकेको छ। समाजको बिभिन्न स्तरबाट भ्रष्टाचारलाई रोक्नको लागि कठोर दण्ड ब्यबस्था हुनु पर्छ। आज भ्रष्टाचारको यस्तो भयाबह छ की घुस खाएको व्यक्तिलाई समातियो भने उसले फेरि पदाधिकारीलाई घुस दिएर छुट्ने ब्यबस्था देखिएको छ । जबसम्म यो अपराधको लागि कडा भन्दा कडा कारबाही हुदैन तब सम्म यो रोगले पुरै देशलाई नै खाने खतरा देखिन्छ।

मान्छे स्वयं नै इमान्दार हुनु पर्छ र आफ्नो सन्ततीलाई पनि इमानदारिताको पाठ सिकाउनै पर्छ । पैसामा मात्र घोटाला गर्ने भ्रष्टाचार होइन भ्रष्ट आचरण भएको समाजका सबै व्यक्ति भ्रष्टाचारी हुन्। भ्रष्टाचार हाम्रो नैतिक जीवन मुख्य माथिको सबैभन्दा ठूलो प्रहार हो। भ्रष्टाचार गर्ने सबै मानिसहरू आफ्नो स्वार्थको कारण अन्धो छन् जसले गर्दा उसले सबै कुरालाई नकारात्मक दृष्टिकोणले हेर्ने गर्दछन। जसले नजानिदो किसिमबाट नेपाल र नेपालीको नामलाई बदनाम गर्न तल्लीन छन्।

बिश्व भरमै भ्रष्टाचारको बिरोधमा मानब जातिलाई जागरुक बनाउन ९ दिसेम्बरमा अन्तर्राष्ट्रिय भ्रष्टाचार बिरोधी दिबस मनाउने घोषणा गरिएको छ। भ्रष्टाचारको विरुद्धको युद्धमा अन्तर्राष्ट्रिय स्तरबाट सामेल हुनु भनेको एउटा शुभ लक्षण हो। भ्रष्टाचार आज कुनै एउटा देशको मात्र समस्या नभएर बिश्वको नै समस्या भएको छ।

प्रतिकृया