• ७ असोज २०८३, बुधबार
  • २ः४० राती

चीनबाट ल्याएका नागरिकलाई उपत्यकाका चार स्थानमा राख्ने

प्रकाशित मिति

२०७६ माघ २३ गते, बिहीबार ०४:१८

काठमाडौँ,सरकारले चीनबाट ल्याएका नागरिकलाई उपत्यकाका चार स्थानमा राख्ने भएको छ । उनीहरुलाई उपत्यकाका इचङुनारायण, शिवपुरी, खरिपाटी र सूर्यविनायकमा राख्ने तयारीमा सरकार जुटेको हो ।

National Life

क्वारेन्टाइन अवधिको तयारीमा जुट्न प्रधानमन्त्री केपी शर्माओलीले सम्बन्धित निकायहरुलाई निर्देशन दिइ सक्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित बैठकमा उपप्रधान तथा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटनमन्त्री, सचिव र सुरक्षा निकायहरुलाई प्रधानमन्त्री ओलीले आवश्यक निर्देशन दिनुभएको छ ।

कोरोना भाइरसका कारण ५६० मानिसको ज्यान गइसकेको छ । २८ हजार मानिस संक्रमित भएका छन् । सँसारका २५ भन्दा बढी देशहरुमा कोरोना भाइरस फैलि सकेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया