• ६ असोज २०८३, मंगलबार
  • ४ः०६ बिहान

प्रभु बैंकका थप ३ शाखा संचालनमा

प्रकाशित मिति

२०७६ माघ २३ गते, बिहीबार ०४:०७

काठमाडौं।  प्रभु बैंकले कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २, १३ र २६ मा एकैपटक ३ वटा शाखा कार्यालय संचालनमा ल्याएको छ । बुधबार पोखरा महानगरपालिकाको वडा नं. २ स्थित हरिचोक शाखा कार्यालयको उद्धघाटन बैंकका गण्डकी प्रदेश प्रमुख व्यवसाय अधिकृत शान्ती शेरचनले गरे । पोखरा महानगरपालिकाको वडा नं. १३ स्थित बाँझापाटन शाखा कार्यालयको पोखरा महानगरपालिका सोही वडाका वडाध्यक्ष लेख बहादुर तामाङले गरे।

National Life

त्यसैगरी, पोखरा महानगरपालिका वडा नं. २६ स्थित अर्घौंचोक शाखा कार्यालयको लेखनाथ उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष बलराम ढकालले गरे । ती बैंकका शाखा कार्यालयहरु उद्धघाटन कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, व्यापारीलगायतको उपस्थिति रहेको थियो । उक्त थप ३ वटा शाखा कार्यालयहरुपछि प्रभु बैंकको शाखा कार्यालय संख्या २०८ पुगेको छ। हालसम्म बैंकले १५७ वटा एटिएम, ४३ वटा एक्स्टेन्सन काउन्टरहरुको संजाल सहित देशका विभिन्न १७ स्थानमा शाखारहित बैंकिङ सेवा संचालन ल्याएको छ ।

प्रतिकृया