• ६ असोज २०८३, मंगलबार
  • ६ः४७ बिहान

विश्व बैंकले दियो २३ अर्ब ऋण

प्रकाशित मिति

२०७६ माघ २३ गते, बिहीबार ०३:५१

काठमाडौँ, विश्व बैंकले थप ८६ हजार ६ सय ८० वटा घरको पुनर्निर्माणका लागि नेपाल सरकारलाई २०० मिलियन डलर (२२ अर्ब ८२ करोड) रुपैयाँ प्रदान गरेको छ । बिहीबार ऋण सहायता बिस्तार सम्बन्धमा विश्व बैंक र अर्थ मन्त्रालयबीच सम्झौता भएको छ । ३२ जिल्लाका लाभग्राही भूकम्पपिडितको घर पुनर्निर्माणमा यो रकम खर्च हुने भएको छ ।

National Life

सम्झौता पत्रमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका कन्ट्री म्यानेजर फारिस एच हाडाड–जर्भोसले हस्ताक्षर गरेका छन् । सरकारले भूकम्पबाट भत्किएका निजी आवास पुननिर्माणमा ३ लाख रुपैयाँ अनुदान दिएको छ । परियोजनाको दोस्रो चरणको कामका लागि नेपालले यो ऋण सहायता प्राप्त गरेको हो ।

प्रतिकृया