• ६ असोज २०८३, मंगलबार
  • ८ः५९ बिहान

बूढासुब्बा गोल्डकपमा फागुन १० बाट, पहिलोपटक भिएआर प्रविधि प्रयोग हुने

प्रकाशित मिति

२०७६ माघ २३ गते, बिहीबार ०३:२८

सुनसरी।   मोफसलको ठूलो फुटबल प्रतियोगिता बूढासुब्बा गोल्डकपको २२औँ संस्करण आगामी फागुन १० गतेदेखि धरानमा हुने भएको छ। आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै देशीविदेशी गरी प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने जानकारी दिएको छ।

National Life

क्लबका अध्यक्ष तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रदेश अध्यक्ष किशोर राईका अनुसार एन्फाले बूढासुब्बालाई ‘क’ श्रेणीमा राखेपछि प्रतियोगिताको पुरस्कार राशि बढाइएको छ। विजेतालाई १० लाख रुपैयाँ र उपविजेतालाई पाँच लाख रुपैयाँ दिने अध्यक्ष राईले जानकारी दिए। अघिल्लो संस्करणमा विजेतालाई आठ लाख र उपविजेतालाई चार लाख रुपैयाँ दिइएको थियो। धरानमा सर्वा्धिक विजेतामध्येको एक मनाङ मस्र्याङ्दी क्लब, मच्छिन्द्र क्लब, नेपाल पुलिस क्लब, युके एफसी, भारत, जापान फुटबल लिग टिम, बेलबारी फुटबल क्लब, मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र आयोजक धरान फुटबल क्लब प्रतियोगितामा सहभागी हुने आयोजकले जनाएको छ।

बाइसौँ संस्करणमा हालै भित्रिएको भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) लाई प्रयोगमा ल्याउन लागिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। यो प्रणाली नेपालमै पहिलोपटक बूढासुब्बाले प्रयोगमा ल्याउन लागेको क्लबका अध्यक्ष राईले जानकारी दिए। विदेशी ठूला प्रतियोगितामा यस प्रविधिको प्रयोग हुँदै आएको छ। रेफ्रीले नदेखेका वा दोधार भएको कुरा भिएआरको माध्यमबाट थाहा पाउन सकिन्छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया